काठमाडौं, १६ फागुन । हामीलाई विभिन्न कारणले टाउको दुख्नेगर्छ । कहिले मौसम परिवर्तन हुँदा त कहिले अन्य कारणले ।
टाउको दुख्यो, बिस्तारै ठिक भइहाल्छ भनेर लामो समयसम्म हेलचेक्र्याईं गर्नाले पछि धेरै दुःख पाउन सकिन्छ । चिकित्सकहरु भन्छन्- समस्या देखिएमा तत्काल उपचार गर्न आवश्यक छ ।
कहिलेकाहीँ आँखाको पावरमा तलमाथि हुँदा टाउको दुख्न सक्छ । यसको उपचार भनेको आँखा जँचाउनु हो ।
लामो समयसम्म टाउको दुख्छ भने माइग्रेनको कारण पनि हुनसक्छ । खाली पेट बस्दा र खानपान नमिल्दा पनि टाउको दुख्न सक्छ ।
अत्यधिक टाउको दुखेका बेला राति दूध पिउनाले पनि कम हुनसक्ने चिकित्सकहरु बताउँछन् । त्यस्तै कहिलेकाँही टाउको दुख्न थालेसँगै चिसो पानीले आफ्नो मुख र टाउको धुँदा पनि दुखाई कम हुनसक्छ । तर लगातार धोइरहनु भने हुँदैन ।
The post टाउको दुख्यो ? हेलचेक्र्याईं नगरी जचाइहाल्नुहोस् appeared first on Sajha Post.