Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना भाइरसबारे नयाँ खुलासा- मुखबाट मात्रै होइन, आँखाबाट पनि सर्न सक्छ

$
0
0

काठमाडौं, १६ फागुन । कोरोना भाइरसबाट विश्वभर हालसम्म झण्डै २९ सय जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेमध्ये झण्डै २८ सय व्यक्ति चिनियाँ छन् ।

पछिल्लो जानकारी अनुसार कोरोना भाइरसबाट विभिन्न मुलुकमा ८३ हजार ७ २६ जना संक्रमित भएका छन् । त्यस्तै ३६ हजार ७ सय जना २२ जना उपचारपछि निको भएका छन् ।

सुरुमा रुघाखोकीका जस्ता लक्षण देखिने कोरोना भाइरस जंगली जनावरबाट मानिसमा सरेको अनुमान गरिएको छ । चीनको वुहानस्थित जंगली जनावर र मासु  बिक्री गर्ने बजारबाट मानिसमा यो भाइरस सरेको बताइन्छ । तर भाइरसको वास्तविक स्रोत वा उत्पत्तिको कारणबारे हालसम्म पुष्टि हुन सकेको छैन ।

सुरुमा जनावारबाट मानिसमा सरेको भनिएको कोरोना भाइरस हाल मानिसबाट मानिसमा फैलिँदै गइरहेको छ । मुख्यतः हावामार्फत् वा सास फेर्दा नाक र मुखबाट शरीरभित्र भाइरस प्रवेश गर्छ ।

भाइरसबाट संक्रमित व्यक्तिको  निकट रहने मानिसहरू संक्रमणको बढी जोखिममा हुने गर्छन् । यो भाइरस सामान्यतया बिरामीले खोक्दा वा हाछ्युँ गर्दा अर्को व्यक्तिमा सर्ने गर्छ । बिरामीदेखि ६ फिटसम्म नजिक रहने व्यक्तिमा भाइरस सजिलै सर्ने विज्ञहरूको भनाइ छ ।

त्यस्तै भाइरसबाट संक्रमित वस्तु छुँदा वा संक्रमित व्यक्तिको नाक वा मुख छुँदा पनि भाइरस शरीरभित्र प्रवेश गर्ने संभावना निकै उच्च हुने गर्छ ।

तर चीनको झेजियाङ विश्वविद्यालयअन्तर्गतको एक अस्पतालका अनुसन्धानकर्ताले आँसु र आँखाबाट निस्कने अन्य पदार्थमा पनि भाइरस फेला पारेका छन् ।

उक्त अस्पतालका अनुसन्धानकर्ताले ३० जना बिरामी (जसमध्ये २१ जना सामान्य र ९ जना सिकिस्त बिरामी) नमुना परीक्षण गरेका थिए । परीक्षणका क्रममा एक जना बिरामीको आँसुमा कोरोना भाइरस देखा परेको थियो ।

चिनियाँ अनुसन्धानकर्ताको उक्त अध्ययनले नाक र मुखबाट मात्रै होइन, आँखाबाट पनि कोरोना भाइरस सर्न सक्ने संकेत गरेको छ । ‘यस अध्ययनले श्वासप्रश्वास नलीसहित अन्य मार्गबाट पनि भाइरस शरीरभित्र प्रवेश गर्न सक्छ भन्ने देखाउँछ’, अनुसन्धानमा सहभागी शेङ यीले भने ।

त्यसैले कोरोना भाइरसबाट संक्रमित व्यक्तिको उपचार गर्दा वा भाइरसको आशंका लागेर परीक्षण गर्दा मास्क मात्रै होइन, आँखामा चस्मा लगाउनुपर्ने कुराप्रति पनि जोड दिनुपर्ने यीको भनाइ छ ।

The post कोरोना भाइरसबारे नयाँ खुलासा- मुखबाट मात्रै होइन, आँखाबाट पनि सर्न सक्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles