बेलायत र गाम्बियाका वैज्ञानिकहरुले रोग पत्तो लगाउने एउटा अनौठो विधि पत्तो लगाएका छन् । उक्त विधि अन्तर्गत मलेरियाजस्तो गम्भिर बिरामी पत्तो लगाउन अब मानिसले कुकुरको सहयोग लिनसक्छ ।
वैज्ञानिकहरुले संक्रमित व्याक्तिको कपडा सुँघेर मलेरिया पत्तो लगाउन कुकुरलाई प्रशिक्षण दिने बताएका छन् ।
बेलायतको डरहम विश्वविद्यालयले केही कुकुरहरुलाई मलेरिया डिटेक्ट गर्ने प्रशिक्षण दिइरहेको छ । वैज्ञानिकको यो समूहले पशुको मद्दतले मलेरियाजस्तो बिरामीलाई रोक्ने र त्यसको निवारण गर्ने अपेक्षा गरेका छन् । यो शोध अहिले शुरुवाती चरणमा छ तर विशेषज्ञहरुले यसबाट बिरामी पत्तो लगाउने नयाँ तरिका पाउने बताएका छन् ।
अध्ययनमा मलेरिया संक्रमित व्यक्तिको शरीरबाट थोरै फरक गन्ध आउने पाइएको बताइएको छ । यसको आधारमा कुकुरको मद्दतबाट व्यक्तिको शरीरमा रहेको मलेरिया पहिचान गर्न सकिने बताइएको छ ।
कुकुरमा सुँघ्ने शक्ति हुन्छ । इंग्ल्याण्डको मिल्टन कींज शहरस्थित मेडिकल डिटेक्शन डाँग्स चैरिटीका कुकुरहरु पहिलेबाटै क्यान्सर र पार्किंसन जस्ता बिरामीहरुको सुरुवाती लक्षण पहिचान गर्न प्रशिक्षित छन् । अमेरिका सोसाइटी अफ ट्रपिकल मेडिसिन एण्ड हाइजीनको वार्षिक सम्मेलनमा प्रस्तुत गरिएको परिणाममा ती कुकुरहरु मलेरियाको पहिचान गर्नसक्ने पत्ता लागेको थियो ।
ती कुकुरहरुले दशमध्ये सातवटा नमुनामा मलेरिया भएको सही पहिचान गरेका थिए ।
लण्डन स्कूल अफ हाइजीन र ट्रपिकल मेडिसिनका चिकित्सक शेल्सी स्काँयर्सले बीबीसीसँग कुकुरमा सुँघ्ने क्षमता प्राकृतिक भएको बताए । शेल्सीका अनुसार कुकुर डायग्नोस्टिक टेस्टभन्दा पनि धेरै चाँडो काम गर्नसक्छ । किनभने टेस्टमा कम्तिमा पनि २० मिनेटको समय लाग्न सक्छ ।
The post अब कपडा सुँघेर कुकुरले यसरी पत्तो लगाउँछ गम्भीर बिरामी appeared first on Sajha Post.