Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बच्चाको कपाल झर्न थाल्यो ? ध्यान दिनुहोस् यस्तो संक्रमण हुनसक्छ

$
0
0

कपाल झर्ने समस्या वयस्क मानिसहरुको मात्र हुँदैन यो समस्याले कतिपय बालबालिकालाई पनि सताउने गरेको छ । त्यसो त यो समस्याको एउटा कारण भनेको सही डाइटको कमी पनि हो । तर यस अलावा अन्य धेरै कारणहरु पनि जिम्मेवार छन् ।

दुई तीन वर्षसम्म एक व्यक्तिको कपाल प्रत्येक महिना सेन्टीमिटरको दरले बढ्ने गर्छ त्यसपछि त्यसको विश्रामको समय शुरु हुन्छ । नयाँ कपाल पलाउनका लागि ती पुराना कपालले विश्रामको समय लिन्छ ।

त्यसकारण तपाईको सन्तानको कपाल दैनिक पचास देखि सय केस्रा झर्नु आम कुरा हो । तर यसको बावजुद तपाईलाई कपाल अधिक झरेको जस्तो लाग्छ भने तपाईले चिकित्सकलाई यो समस्या देखाउनुपर्छ ।

वास्तवमा बच्चाहरुको कपाल झर्ने मुख्य कारण भनेको अलोपेसिया हो । अमेरिकामा करिब २० लाख बच्चाहरु अलोपेसियाबाट ग्रसित छन् । त्यसो त यसको उपचार सजिलै हुन्छ । तर समयमा यसको सही उपचार हुन सकेन एकपटक कपाल झरेपछि बच्चाको कपाल पुन: कहिल्यै पलाउँदैन ।

आकस्मिक मानसिक आघात वा भावनात्मक तनावले पनि कपाल झर्ने समस्या निमत्याउँछ । तेज ज्वरो पनि यसको एउटा कारण हुनसक्छ । कपालको जरा निकै कमजोर हुन्छ जब ‘टेलोजन एफ्लूवीअम’ले आक्रमण गर्यो भने पनि पुनः कपाल पलाउँदैन ।

त्रिकोटिलोमेनिया पनि यो अवस्थाका लागि जिम्मेवार हुन्छ । आशिंकरुपमा बच्चाको कपाल झर्ने समस्यालाई यो नाम दिइएको छ । यो अवस्थामा असामान्यरुपमा कपाल झर्ने गर्छ र गम्भिर मामिलामा यसले आँखीभौंमा पनि असर गर्नसक्छ । यो एउटा यस्तो अवस्था जब बच्चाहरुमा कसैको डरले आफ्नो कपाल लुछे उत्तेजना पैदा हुन्छ ।

The post बच्चाको कपाल झर्न थाल्यो ? ध्यान दिनुहोस् यस्तो संक्रमण हुनसक्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles