जाडो बढ्दै जाँदा दिन छोटो हुँदै जान्छ, अनि गर्मी पनि कम हुँदै जान्छ ।
यसपछि हामीले सूर्यको किरणबाट पाउने भिटामिन डी पनि कम पाउन थाल्छौं । अब कसरी आपूर्ति गर्ने त भिटामिन डी ? एक नयाँ अनुसन्धानको निष्कर्षले जाडोको मौसममा भिटामिन डीको चक्की खानुपर्नेमा जोड दिएको छ ।
भिटामिन डी-2, र डी-3 हामीले औषधी पसलबाट किन्न सक्छौं । यसको लागि चिकित्सकको सिफारिस पनि चाहिन्न । भिटामिन डीलाई चमत्कारिक भिटामिन भनिन्छ । बीबीसीमा प्रकाशित एक खबरका अनुसार यसले हामीलाई रोगबाट बचाउँछ । थकाई, कमजोर मांशापेशी, हाड दुख्ने बिमारी र डिप्रेशनबाट समेत बचाउन सहयोग गर्दछ ।
एक अनुसन्धानका अनुसार भिटामिन डीले हामीमा उमेर बढ्दै जाँदा आउने परिवर्तनबाट पनि हाम्रो रक्षा गर्छ । र, यसले क्यान्सरबाट पनि बचाउँछ ।
एक सर्भेका अनुसार बेलायतमा भिटामिन लिने एक तिहाई मानिसले भिटामिन डीको गोली खान्छन् । तर, भिटामिन डी यसरी खानुहुन्छ कि हुन्न भन्ने कुरामा बहस पनि छ ।
भिटामिन डी हाम्रो हड्डीको मजबुतीका लागि सहयोगी हुन्छ भन्नेमा कुनै बहस छैन । यसले हड्डीमा क्याल्सियम र फोस्फरसको व्यवस्था गर्छ । जुन मानिसको शरीरमा भिटामिन डीको कमी हुन्छ, उसलाई भिटामिन डीको चक्की खान सल्लाह दिइन्छ ।
एक तथ्यांकका अनुसार बेलायतमा २० प्रतिशत जनसंख्यामा भिटामिन डी असाध्यै कम रहेको पाइएको छ ।
कतिपयले स्वस्थ मानिसले भिटामिन डी सेवन गर्नुनपर्ने बताउँदै आएका छन् । तर, तथ्यांकहरुले विश्व जनसंख्याको ठूलो हिस्सा भिटामिन डीबाट वञ्चित रहेको देखाउँछ ।
भिटामिन डी साँच्चै भन्दा भिटामिन नै होइन, यो एकप्रकारको हार्मोन हो । यसले शरीरलाई क्याल्सियम पचाउन मद्दत गर्दछ । धेरै चिल्लो पदार्थ भएको माछा बाहेक अरु कुराबाट हामीले भिटामिन डी पाउन मुस्किल पर्छ ।
सूर्यको अल्ट्राभायलेट बी किरण हाम्रो शरीरमा प्रवेश गर्दा हाम्रो शरीरमा हुने कोलेस्ट्रल भिटामिन डीमा बदलिन्छ ।
The post के भिटामिन-डी’को चक्की सबैले खानुपर्छ ? appeared first on Sajha Post.