Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

तपाईंलाई थाहा छ ? हृदयघातको कारण बन्न सक्छ पेनकिलर

$
0
0

एजेन्सी । तपाईलाई पत्यार नलाग्न सक्छ पेन किलरको प्रयोगले हृदयघात हुनसक्छ भनेर । तर एक अनुसन्धान टोलीका अुनसार  इव्रुफीन र त्यस्तै अन्य किसिमका पेनकिलर हप्तादिन सम्म नियमित प्रयोगले हृदयघातको खतरा बढाउने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

पाँच प्रकारको पेनकिलर–इव्रुफिन,सिलीकोसिव,डाइक्लोफिन्याक,न्याप्रोकजिन र रोफिकोसिवहरु प्रयोग गरिरहेका करिब ४ लाख ५० हजार बिरामीहरुबाट लिइएको तथ्याङ्कले उनीहरुमा मुटुको समस्या रहेको देखाएको छ ।

नन स्टेरोइडल एन्टि इनफ्लामेटरी ड्रक्स(एनएसएआईडी) भनिने कडा डोजको ड्रक्स लिने मानिसहरुमा यसको खतरा अझै बढ्न सक्ने क्यानेडेली शोधकर्ताले पत्ता लगाएका छन् । र ती पेनकिलर हप्तादिनसम्म नियमित रुपमा खाएमा हृदयघातको सम्भावना अझै बढेर जाने बताइएको छ । तुलनात्मक रुपमा पेनकिलर लिनेहरु नलिने भन्दा पाँच गुणा बढिमा ह्दयघातको खतरा बढेको टोलीको अध्ययनले देखाँउछ ।

मोनट्रिलको युनिभर्सिटीका अनुसन्धानकर्ता एनएसएआइडिको प्रयोगले प्रत्येक साल प्रत्यक्ष रुपमा हृदयघातको खतरामा एक प्रतिशतले बढाएको उल्लेख छ । चिकित्सकले अन्य वैकल्पिक पेनकिलर प्रयोगमा ल्याउन उनीहरुले सुझाएका छन् ।

ब्रिटिस चिकित्सा जर्नलमा अनुसन्धानकर्ताले लेखेका छन्, ‘हृदयघातको खतरा कडा डोज लिएको पहिलो हप्तामा देखा पर्न थाल्छ र पहिलो महिनामा यो एकदमै जटिल भएर देखा पर्न थाल्छ । औषधिको सल्लाह दिने विज्ञहरुले विशेषगरी डोजको मामिलामा उपचारअघि एनएसएआईडीको खतरा र फाइदाबारे तुलना गर्नुपर्छ ।

उनीहरुले विशेषगरी इव्रुफिनको अत्याधिक डोज आठ देखि ३० दिनसम्मको १२ सय एमजी प्रतिदिनको प्रयोग एकदमै खतरापूर्ण रहने बताएका छन् ।

अनुसन्धानकर्ताले हप्तादिनसम्म इव्रुफिन लिनेहरुमा ४८ प्रतिशतले सापेक्षित रुपमा हृदयघातको खतरा बढेको देखाएको छ । त्यस्तै सिलीकोसिव लिनेहरुमा २४ प्रतिशतले, डाक्लोफिन्याक लिनेहरुमा ५० प्रतिशतले, न्याप्रोजिन लिनेहरुमा ५३ प्रतिशतले र रिफिकोसिव लिनेहरुमा ५८ प्रतिशतले बढेको देखाएको छ । महिनासम्म इव्रुफिन लिनेहरुमा ७५ प्रतिशतले हृदयघातको सम्भावना बढ्ने देखाएको छ ।

The post तपाईंलाई थाहा छ ? हृदयघातको कारण बन्न सक्छ पेनकिलर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles