Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

चार हप्तामा दुई ईञ्च घटाउन सम्भव छ ?

$
0
0

पेटमा विभिन्न कारणले जम्मा भएको बोसोलाई रातारात कम गर्नु कम चानचुने कुरा होइन । तर पुटुक्क बनेर बाहिर निस्किएको भुँडीको कारण हुने दोस्रो किसिमको मधुमेह र मुटुको रोगको खतरा कम गर्न भने सकिने एक अध्ययनले देखाएको छ ।

बीबीसीको एक समूहले यसबारेमा एक प्रयोग पनि गरेको छ । प्रयोगको क्रममा सन्तुलित भोजन र व्यायाम यस्तो समस्याको लागि सबैभन्दा उत्तम काम हुने निष्कर्ष निकालिएको छ ।

सन्तुलित भोजन
यो प्रयोगमा पेटको आसपासको मासुहरुको सुडौल बनाएर राख्नको लागि सन्तुलित भोजनको साथसाथै नियमित व्यायाम सिफारिस गरिएको छ । अब सवाल उठ्छ, शरीरमा परिवर्तन ल्याउनको लागि हामीले कसरी शुरुवात गर्न सक्छौं, कस्तो खाना कति खानुपर्छ ?

पोषण विज्ञहरुका अनुसार सात दिनमा आधा किलो तौल घटाउनको लागि कुनै पनि व्यक्तिले आवश्यकता भन्दा ५०० क्यालोरी कम खानुपर्छ । प्रयोगमा भाग लिने एक सहभागीले एक हप्तामै उसको कम्मर २.५ सेन्टिमिटर कम भएको पाए र यसको लागि चार हप्ता समय लाग्यो ।

यद्यपि अध्ययनको क्रममा एउटा यस्तो व्यक्ति पनि भेटिए जसले अझ थप तौल घटाउन सफलता हासिल गरे र दोस्रोतर्फ यस्ता पनि भेटिए कि कम क्यालोरी सेवन गर्दागर्दै पनि तौल घटाउन सकेनन् ।

यसको अर्थ यो पनि होइन कि चार हप्ता सक्किएपछि बोसो केन्द्रीकरणको प्रक्रिया फेरि तिव्र हुनेछ । अझ महत्वपूर्ण कुरा त तौल कम गर्नु जति जरुरी छ, त्यति नै शरीरमा दैनिक कति क्यालोरी शक्ति चाहिन्छ भन्ने कुरा पनि भुल्नु हुँदैन ।

यो कुरा राम्रोसँग बुझेपछि ५०० क्यालोरी कम लिएपछि तौलक कम गर्ने क्रम अझ तिव्र बनाउन सकिन्छ ।
-बीबीसी हिन्दीबाट

The post चार हप्तामा दुई ईञ्च घटाउन सम्भव छ ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles