Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

तपाईलाई थाहा छ गाँजर खानुको फाइदा ?

$
0
0

गाँजर शरीरका लागि एकदमै फाइदाजनक मानिन्छ । प्रायजसो मानिहरु यसलाई सलादको रुपमा प्रयोग गर्ने गर्छन् । हामीले गाँजरलाई जुन रुपमा खाएपनि भिटामिन ए र खनिज प्रचुर मात्रामा पाउँछौ । जुन आँखाको लागि लाभदायी हुन्छ ।

आज हामी तपाईलाई गाँजर खानुको केही फाइदाबारे जानकारी गराउँछौ ।

यसमा फाइबरको मात्रा बढी हुने हुँदा कब्जियत हटाउन सहयोग पुर्‍याउँछ ।
यसले अनुहारमा चमकपना ल्याउन पनि भूमिका खेल्छ । यसले नङ, छाला तथा अन्य अंगहरुलाई चमक ल्याउँछ ।

गाँजरमा क्याल्सियम पाइने भएकाले हाडहरुलाई बलियो बनाउनुका साथै क्याल्सियमकै कारण दाँत बलियो तथा सफा बनाउँछ ।
यसमा हुने भिटामिन सी का कारण शरीरको प्रतिरक्षा प्रणालीलाई दुरुस्त बनाउन अहम भूमिका खेल्छ ।

गाँजरको प्रयोगले शरीरमा यौन क्षमतामा वृद्भि ल्याउनुका साथै पाचन शक्ति पनि बढाउँछ ।

यसमा भिटामिन ई पाइने भएकाले रगतमा क्यान्सरका कोष विकसित हुनबाट जोगाउँछ ।

The post तपाईलाई थाहा छ गाँजर खानुको फाइदा ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles