Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सामान्य घरेलु उपचारबाट केही दिनमै घटाउनुहाेस् तपाईंको पेट (विधिसहित)

$
0
0

अचानक पेट बढ्न थालेपछि आजकल धेरै मानिस चिन्तामा हुन्छन् । ‘सजिलै बढ्ने तर घटाउन मुस्किल’ भन्दै ‘रोगको पर्दा’को रुपमा रहेको मोटोपन पालेर बस्नु कतिपय मानिसको बाध्यता बनिरहेको छ । व्यस्त जीवनको भागदौडमा पेट घटाउने लामो लामो र कष्टसाध्य प्रक्रिया अपनाउन नसक्नु पनि अर्को बाध्यता हो ।

पेटको बोसो (एब्डोमिनल फ्याट)ले तपाईं हाम्रो स्वरुप नै बिगारिदिन्छ । यसले रुप मात्र होइन, कतिपय नयाँ रोगहरुलाई निम्ता दिन्छ । यस्तो समस्याबाट मुक्तिको लागि दैनिक अभ्यास त महत्वपूर्ण छँदैछ, साथसाथै आहारविहारमा पनि ध्यान दिनुपर्छ ।

यी सबै उपायहरुको साथमा एउटा सहज र सजिलो घरेलु उपाय पनि छ, जसबाट केही दिनमै पेटको बोसो हटाउन र घटाउन सकिन्छ । आउनुहोस्, यो घरेलु औषधी तयार बनाउने विधि र उपयोग गर्ने तरिकाबारे जानी राखौं–

सामग्री–
एक मुठा धनियाँ
एउटा काँक्रो
एक चम्चा मह
एक चम्चा कागतीको रस
एक चम्चा एलोभेरा जेल
एक चम्चा पिसेको अदुवा
आधा गिलास पानी

विधि–

सबै सामग्रीलाई सफा गर्नुहोस् र मिक्सरमा राखेर पिस्नुहोस् । यसपछि तपाईको औषधी तयार हुन्छ ।
हरेक दिन सुत्नुअगाडि यस्तो मिश्रण सेवन गर्नुहोस् । यसको सेवनसँग रेगुलर व्यायाम र खानपिनमा पनि ध्यान दिनुपर्छ । साथसाथै दिनमा कम्तिमा आठ गिलास पानी पिउन पनि बिर्सनु हुँदैन ।
स्रोत : ओन्लिआयुर्वेद डटकमबाट

The post सामान्य घरेलु उपचारबाट केही दिनमै घटाउनुहाेस् तपाईंको पेट (विधिसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles