आँखा मानिससहित कुनै पनि जीवका लागि सबैभन्दा संवेदनशील र महत्वपूर्ण अंगमध्ये एक हो । आँखाविना जीवन निकै कष्टकर हुन्छ ।
बढ्दो उमेर तथा अन्य विभिन्न समस्याले कतिपय मानिसको आँखाको दृष्य शक्ति कमजोर हुँदै गएको पाइन्छ । यस्तो अवस्थामा मानिसहरु चस्मा लगाउन बाध्य हुन्छन् ।
आँखाको संवेदनशीलताका कारण जस्तो पायो त्यस्तै औषधि प्रयोग गर्न पनि मिल्दैन । त्यसैले चस्मा नै निर्विकल्प सहारा बन्न पुग्छ ।
तर, चस्मा लगाउन सबैलाई मन पर्दैन । के तपाईं पनि चस्मा लगाएविना नै आँखाको देख्ने शक्ति बढोस् भन्ने चाहनुहुन्छ ? यदि त्यसो हो भने एउटा घरेलु आयुर्वेदिक औषधिले तपाईंको चाहना पूरा गर्नसक्छ ।
केशरको चिया पिउनु आँखाको रोशनी बढाउनका लागि निकै नै उपयोगी हुन्छ ।
प्रयोग विधि
एक गिलास तातो पानीमा एक चिम्टी केशर मिसाउनुहोस् । यदि स्वाद मिठो होस् भन्ने चाहनुहुन्छ भने यसमा मह पनि मिसाउन सक्नुहुन्छ । नत्र यत्तिकै खाँदा पनि फरक पर्दैन । यसरी तयार भएको चियालाई दैनिक सुत्नुअघि सेवन गर्ने बानी बसाल्नुस् । यसबाट आँखाको गुमेको रोशनी फिर्ता पाउन सकिन्छ ।
केशरका अन्य फाइदाहरु:
रगत सफा गर्छ ।
रक्तसञ्चार सुचारु राख्न मद्दत गर्छ ।
कोलोस्ट्रोलको स्तर नियन्त्रणमा राख्छ ।
जोरको दुखाई कम गर्छ ।
स्रोत: वन्लीआयुर्वेद डटकम
The post चस्मा लगाउन मन छैन ? यो घरेलु औषघिले नै बढाउनुस् आँखाको रोशनी (प्रयोग विधिसहित) appeared first on Sajha Post.