काठमाडौं, ४ माघ । चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी संक्रमित भेटिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
नयाँ भाइरसबाट पीडित हुनेको संख्या ४१ रहेको बताइएपनि बेलायती वैज्ञानिकहरुले एकहजार सात सय भन्दा बढी संक्रमित रहेको आशंका गरेका छन् । गत डिसेम्बरमा चीनको वुहान शहरमा देखा परेको भाइरसबाट दुईजनाको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् ।
नयाँ रोगको भाइरसबाट संक्रमितहरुको संख्या बढ्दै गएपछि चीनले विानस्थलमा चेकजाँचमा कडाइ गरेको बीबीसीले जनाएको छ । नयाँ वर्ष मनाउनका लागि आगामी हप्ता चीन र अरु एशियाली मुलुकबाट लाखौं मानिसको चहलपहल हुने भएकाले संक्रमण थप फैलन सक्ने आशंका गरिएको छ ।
चिकित्सकको टोलीले भाइरसको बारेमा अध्ययन गरिरहेको चिनियाँ अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
The post चीनमा देखिएको नयाँ भाइरसका कारण संक्रमितको संख्या बढ्दै appeared first on Sajha Post.