एजेन्सी, ३ माघ । केही दिनअघि सार्वजनिक भएको एक अध्ययनको निष्कर्षमा सम्भोगले पनि हृदयाघात घटाउन सक्ने उल्लेख गरिएको छ । महिनामा एकपटक सम्भोग गर्नेको तुलनामा हप्तामा दुईपटक सम्भोग गर्ने पुरुषलाई हृदयाघातको सम्भावना कम हुन्छ । यद्यपि, कसैकसैलाई भने सम्भोगकै कारण हृदयाघात पनि हुनसक्छ ।
सम्भोग एकप्रकारको व्यायाम पनि हो । नयाँ पुस्ताले यसलाई ‘सेक्सरसाइज’भनेर सम्बोधन गर्दछन् । सम्भोगको क्रममा शरीरमा रगतको प्रवाह बढ्छ र मुटुको धड्कन पनि तीव्र हुन्छ । यही प्रक्रिया कसैकसैलाई हृदयाघातको कारण पनि बन्न सक्छ ।
एक अध्ययनका अनुसार, सम्भोगका कारण हृदयाघात हुने सम्भावना ३० लाखमा केवल एकजनालाई मात्र हुन्छ । त्यसर्थ, यससम्बन्धी जानकारी हरेकलाई हुनुपर्छ ।
हप्तामा दुईपटक सम्भोग अध्ययनले पनि राम्रो मानेको छ । यद्यपि, कयौै जोडीहरु आनन्दका लागि दिनमै धेरैपटक पनि सम्भोग गर्न सक्छन् । यसले मुटुमा चाप बढाउँछ ।
यौन जीवनमा रमाइलोका लागि कयौं जोडीले नयाँ नयाँ आसनमा अभ्यास गर्दछन् । अध्ययनले यीमध्ये कतिपय भने खतरनाक पनि सावित हुनसक्छ । ती आसनहरुले रगतको प्रवाह बिग्रन सक्छ । यसर्थ, नयाँ नयाँ आसनको अभ्यास गर्दा ख्याल गर्नु राम्रो हुने अध्ययनले देखाएको छ ।
बीएसी मेडिसिनले सार्वजनिक गरेको एक रिपोर्टमा भियग्रा यौनाङ्गमा मात्र नभएर मष्तिष्कमा पनि असर पार्ने जनाएको छ । यसले मुटुको मासु बाक्लो बनाउने प्रक्रियामा असर पार्दछ । जुन हृदयाघातको कारण पनि बन्न सक्छ । यसर्थ, भियग्रा प्रयोग गर्नुअघि चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।
अत्यधिक उत्तेजनामा आउँदा शारीरिकका साथै भावनात्मकरुपमा पनि चाप बढ्छ । यसले रक्तचापलाई पनि तीव्र बनाउँछ । सीमा नाघ्यो भने हृदयाघात हुनसक्छ ।
यदि थकाई लाग्यो वा सम्भोगको क्रममा छाती दुख्यो भने सम्भोगलाई रोक्नु र आराम गर्नु नै उत्तम हुन्छ । यस्तो बेला दुखाईले निरन्तरता पाए चिकित्सकलाई देखाउनु मनासिव हुन्छ ।
The post अध्ययन भन्छ- सम्भोगले पनि हुनसक्छ हृदयाघात appeared first on Sajha Post.