Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यी हुन् रातको बेला खान नहुने १० खानेकुरा

$
0
0

हरेक व्यक्तिको खानासँग जोडिएको फरक फरक आदतहरु हुन्छन् । कोही बेलुका चाँडै खाना खान्छन् भने कोही अबेलासम्म खाँदैनन् । शरीरमा हाम्रो खानपानसँग जोडिएको आदतको प्रभाव पर्दछ । तर तपाईले रातको समयमा खाने खानेकुराले शरीरलाई मात्र होइन, निन्द्रालाई समेत असर गर्दछ । केही यस्ता खानेकुराहरु छन्, जसलाई सुत्नुअघि खाँदा निन्द्रा नै लाग्दैन ।

आयुर्वेद विज्ञानका अनुसार पनि सुत्नुभन्दा दुई घन्टा वा त्यो भन्दा अघि नै खाना खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । खाना खानासाथ सुत्नाले मोटोपन बढ्दछ । यसले हाम्रो पाचन प्रणालीलाई पनि असर गर्दछ । खाना खानु लगत्तै अगाडि खानेकुरा पचाउनको लागि एकदम सजिलो हुने हल्का खानेकुरा हुनुपर्छ ।

सुत्नुअगाडि अत्यधिक क्यालोरी भएको खानेकुरा खानाले मुटु दुख्ने समस्या पनि हुनसक्छ । यसको साथै केही वस्तुहरु यस्ता हुन्छन्, जसको सेवन सुत्नुअघि गर्दा शरीरलाई अत्यधिक नोक्सानी पुर्‍याउन सक्छ । यहाँ हामीले सुत्नुअघि खान नहुने केही खानेकुराको बारेमा जानकारी दिने प्रयास गर्नेछौं–
१. पास्ता तत्काल तयार बनाएर खान मिल्ने खानेकुरा हो । यसर्थ, सुत्नुअघि प्रायः मानिसहरुले हतारको बेला पास्ता बनाएर खान्छन् र सुत्छन् । पास्तामा अत्यधिक कार्बोहाइड्रेट र यस्तै कयौं पदार्थहरु हुन्छन्, जसलाई शरीरले तत्काल पचाउन सक्दैन । सुत्नुअघि पास्ता खानाले कब्जियत र हाइपर एसिडिटीजस्ता समस्याहरु हुनसक्छ ।

२. ज्यादा मसलेदार खाना र पिरो खानेकुरा पनि सुत्नुअगाडि खानु हुँदैन, यसले शरीरमा पित्त बढाउने काम गर्दछ । खुर्सानीलाई अन्य कुरामा मिसाएर खानु स्वास्थ्यका लागि अत्यधिक फाइदाजनक हुन्छ तर अत्यधिक पिरो र मसालेदार खानेकुरा भने स्वास्थ्यको लागि हानिकारक हुन्छ, अझ सुत्नु अघि त यसलाई खानु नै हुँदैन ।

३. सुत्नु अघि अबेर राति मिठाई खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । मिठाईले दाँत खराब गर्दछ । यसले मोटोपन बढाउनुका साथै शरीरमा पनि नकरात्मक असर पार्दछ ।

४. चाउचाउमा अत्यधिक क्यालरी हुन्छ । यसकारण यसलाई सुत्नुअघि खानु हुँदैन । भोक लाग्दासाथ तत्काल तयार बनाउन सकिने चाउचाउमा हुने अत्यधिक कार्बोहाइड्रेड बोसोमा बदलिन्छ । सुत्नुअघि चाउचाउ वा चाउमिन खानाले यसले पेटसँग सम्बन्धित अनेक समस्या निम्त्याउँछ । यसर्थ, सुत्नुअगाडि वोसोयुक्त खानेकुराहरु खानुहुँदैन ।

५. मांसाहार प्रोटिन र लौह पदार्थको राम्रो स्रोत हो । यसर्थ, सुत्नु अगाडि मांसाहार गर्नाले सुत्नासाथ आरामदायक निन्द्रा नपर्न सक्छ ।
६. धेरे फाइबर भएका सागसब्जी वा खाद्य पदार्थ जस्तो कि काउली, प्याज, बन्दागोभी जस्ता खाद्यपदार्थको सेवन राति सुत्नु अगाडि गर्नु हुँदैन । किनकी यसमा तत्काल नपच्ने फाइबर (रेशा)हरु मात्रा अत्यधिक हुन्छ । यसकारण तपाई यस्ता खानेकुरा खाएपछि लामो समयसम्म अघाएकोजस्तो महसुस गर्नुहुन्छ । कहिलेकाँही पेट फुलेको जस्तो महसुस पनि हुनसक्छ ।

७. चीज बर्गरमा अधिकमात्रामा अत्यधिक मात्रामा चिल्लो पदार्थ हुन्छ । यसकारण रातको समयमा चीज बर्गर खानाले राम्रोसँग पच्दैन । यसले पेटसँग जोडिएका कयौं बिरामी हुनसक्छ ।

८. स्न्याक्स, चिप्स आदिको सेवन पनि सुत्नु अघि खानु हुँदैन । यसले शरीरलाई नोक्सानी पुर्याउँछ । किनकी यसमा अत्यधिक मात्रामा मोनोसोडियम ग्लूटामेट हुन्छ । यसर्थ, निन्द्रासँग सम्बन्धित विभिन्न प्रकारका समस्याहरु आउन सक्छन् ।

९. सुत्नुभन्दा अगाडि कहिले पनि डार्क चक्लेट पनि खानु हुँदैन । यसमा क्याफिन र अन्य कयौं पदार्थ हुन्छन् । यसले मुटुको नियमित कामको क्षमता बढाउँछ । यसबाट गहिरो निन्द्रा पर्दैन र मष्तिष्क पनि शान्त रहन पाउँदैन ।

१०. रातिको खानामा तपाई पिजा खानुहुन्छ भने यो बानी स्वास्थ्यका लागि ठिक होइन । किनकी यसलाई पचाउन शरीरलाई धेरै नै पापड पेल्नुपर्छ । दिउँसो पनि पाचन प्रणालीले पिजाको मुकाबिला सजिलोसँग गर्न सक्दैन भने राति के होला ? तपाईं सहजै अनुमान गर्न सक्नुहुन्छ । जबकि रातको समय पाचन प्रणालीको आराम गर्ने समय हो । पिजामा चिल्लो पदार्थ अत्यधिक हुन्छ । यसमा एसिड पनि अत्यधिक हुन्छ, जसले मुटु दुख्ने समस्या पनि निम्त्याउन सक्छ ।
वन्लीआयुर्वेद डटकमको सहयोगमा

The post यी हुन् रातको बेला खान नहुने १० खानेकुरा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images