एजेन्सी । आजकल धेरै मानिसलाई मृगौलाको समस्याले सताइरहेको पाइन्छ । यो गम्भीर समस्या भनेर देखिइरहेको छ । बदलिँदो जीवनशैली र खानपानका कारण यो झनै ठूलो समस्या बनेर देखिएको छ । तर जीवनशैलीलाई सामान्य परिवर्तन गर्ने र खानपानमा ध्यान दिँदा हामीले मृगौलालाई जोगाउन सक्छौं ।
हालैको एउटा अध्ययनले दुग्ध पदार्थ तथा खाद्यान्नमा कृत्रिम फस्फेटको मात्रा बढी हुने कुरा पत्ता लागेको छ ।
‘अत्याधिक फस्फेटले रगतमा भएको फस्फोरसको मात्रालाई बढाइदिन्छ र यसले मृगौलालाई असर गर्छ’ अध्ययनपछि निष्कर्षमा भनिएको छ ।
फस्फोरसलाई हाम्रो जीवनमा महत्वपूर्ण मानिन्छ किनभने डिएनए र आरएनए बनाउनमा यसको महत्वपूर्ण भूमिका रहेको हुन्छ । तर फस्फेटको मात्रा सामान्य भन्दा बढी भयो भने यसले मुटुको धड्कन बढाएर रक्तनलीलाई कमजोर बनाउँछ । हड्डीका लागि त यो झन खतरनाक सावित हुन्छ ।
ह्युस्टन मेथोडिस्ट हस्पिटलका सर्जरी विभागका प्रमुख सुपरीवेक्षक वादी सुकीले भने, ‘जुन मानिसमा किड्नीको रोग हुन्छ त्यस्ता मानिसमा फस्फोरसको मात्रा बढी हुन्छ र असर पनि बढी हुन्छ ।’
‘हाम्रो खानपानमा बढी ध्यान दिनुपर्छ भनेर निकै सचेत हुनुपर्छ भन्ने यो अध्ययनले देखाएको छ’, हस्पिटलको सर्जरी विभागका पोषणविद् लिन्डा मुरेले भनिन् ।
‘स्वस्थ्य मानिसका लागि फोस्फेट एउटा सामान्य विषय हुनसक्ला तर मृगौला खराब भइसकेका वा मृगौलाको पुराना रोग भएका व्यक्तिका लागि यो निकै गम्भीर विषय हो’, उनले भनिन् ।
अहिले सम्मको अध्ययनले प्राकृतिक फस्फेटले जस्तो असर गर्छ, कृत्रिम फस्फेटको मिसावटले पनि त्यस्ते असर पर्छ भन्ने कुरालाई ध्यान दिएको थिएन । अनुसन्धानकर्ताले सन् २००३ देखि सन् २००६सम्मका विरामीको तथ्याङ्क संकलन गरेर मानिसहरुले कुन प्रकारको खाना खान्छन् र खाएको खानाले उनीहरुको रगत भएको फस्फोरसको मात्रामा कस्तो असर पार्दछ भन्ने तथ्यलाई पत्ता लगाउन कोशिश गरेका थिए ।
यसरी बिरामीको तथ्याङ्क संकलन गरेर उनीहरुले कृत्रिम फस्फेट मिसाइएका खाद्यान्न तथा दुग्ध पदार्थ मानिसले बढी मन पराउने गरेका भेट्टाए । अनि यस्ता पदार्थ तथा खाद्यान्न खानाले रगतमा रहेको फस्फोरसको मात्रा बढ्ने कुरा पत्ता लगाए ।
अनुसन्धानकर्ताहरुले यसलाई ‘इनअर्गानिक फस्फोरस’ भनेका छन् । मृगौलाले गर्ने कामको स्तर फस्फेटको मात्रामा भर पर्दछ ।
The post यस्तो खानाले तपाईको मृगौला खराब बनाउन सक्दछ appeared first on Sajha Post.