लण्डन । बेलायतको अक्सफोर्ड विश्वविद्यालयको न्यूरो साइन्टिस्टले एक ताजा शोधमा अँधेरोमा ब्रस गर्ने मानिसलाई राम्रो निद्रा पर्ने पत्ता लगाएका छन् ।
बेलायती दैनिक द टेलिग्राफका अनुसार रोयल सोसाइटी अफ लण्डनमा एक प्रवचन दिँदै न्यूरोसाइन्सका प्रोफेसर रसेल फोस्टरले यस्तो दावी गरेका हुन् । उनका अनुसार रातको समयमा लगभग सुत्नको लागि तयार व्यक्ति जब बाथरुमको लाइट बालेर चमकदार फ्लोरोसेन्ट प्रकाशमा आउँछ तब उसको शरीर चेतनाको अवस्थामा आउँछ । उनी भन्छन्, ‘अँधेरोमा ब्रश गर्दा छिट्टै र गहिरो निन्द्रा आउँछ ।’
प्रो. फोस्टरका अनुसार घर अथवा कार्यालयमा प्राकृतिक प्रकाशको तुलनामा कम चमकदार प्रकाशमा रहनुपर्छ । सुत्नु मानिसको लागि सबैभन्दा महत्वपूर्ण काम हो । आफ्नो जीवनकालमा मानिस ३६ प्रतिशत समय सुत्नमा खर्च गर्छ ।
उनका अनुसार सामान्यत सुत्नुभन्दा अगाडि मानिसले कम प्रकाशको व्यवस्था गर्दछ ताकि शरीर सुत्नको लागि तयार हुन सकोस् । तर जब ऊ बाथरुममा ब्रस लिएर जान्छ, त्यहाँ उसले धेरै प्रकाशको व्यवस्था गरेको हुन्छ । यसले शरीरलाई फेरि जागृत गर्दछ र निन्द्रा लाग्न समय लाग्दछ ।
The post सुत्नुभन्दा अगाडि अँधेरोमा अवश्य गर्नुहोस् यो काम appeared first on Sajha Post.