न्यूयोर्क । यदि तपाई दैनिकजसो राम्रोसँग सुत्न पाउनुहुन्न भने यसले तपाईंको स्वास्थ्यमा गम्भीर क्षति पुर्याउन सक्छ । भर्खरै गरिएको एक नयाँ शोधका अनुसार कम सुत्नाले मृगौलामा खराबी ल्याउन सक्दछ । शरीरमा अधिकांश प्रक्रियाहरु प्राकृतिक दैनिक रिद्म (शरीरको प्राकृतिक घडी)को आधारमा हुन्छ । यी सबै प्रक्रिया हाम्रो निन्द्राद्वारा नियन्त्रित हुन्छ । अध्ययनको क्रममा हाम्रो सुताईको प्राकृतिक चक्रमा बाधा आउँदा हाम्रो मृगौलामा नराम्रोसँग गडबडी हुने पुष्टि भएको छ ।
ब्रिघम एण्ड वुमेन्स हस्पिटलका प्रमुख शोधकता सियारन जोसेफ मैक्कुलमले ११ वर्षसम्मको लामो अध्ययनबाट यस्तो निष्कर्ष निकालेका हुन् । उनले उक्त समयमा कम्तीमा दुई पटकसम्म चार हजार दुई सय ३८ सहभागीहरुसँग अध्ययन गरेका थिए । शोधकर्ताहरुले कम सुत्नेहरुको मृगौलाको क्षमता नराम्रोसँग प्रभावित हुने पत्ता लगाए ।
उदाहरणस्वरुप, प्रतिदिन पाँच घण्ठा मात्र सुत्ने महिलाको मृगौलाको कार्यक्षमता प्रतिदिन आठ घन्टासम्म सुत्ने महिलाको भन्दा अत्यधिक घट्छ । मैक्कुलम भन्छन्, यो पहिलो प्रत्याशित अध्ययन हो, जसमा आवश्यकताभन्दा कम सुत्ने मानिसको कार्यक्षमता समेत घट्ने नतिजा आउँछ । यो अध्ययनको निष्कर्षलाई सन डिएगोमा गत हप्ता भएको एएसएन मृगौला सप्ताह २०१५ को क्रममा प्रस्तुत गरिएको थियो ।
The post कम सुत्दा आउन सक्छ मृगौलामा खराबी appeared first on Sajha Post.