लन्डन । तपाईलाई लाग्न सक्छ–‘अण्डा उमाल्ने पनि खास तरिका हुन्छ र ? तर एक सोधकर्ताले अण्डा उमाल्ने सहि तरिका पत्ता लगाएका छन् । अण्डा जसरी उसिने पनि पाक्छ तर ध्यानपूर्वक विधि पुर्याएर अण्डा उसिन्दा यसले दिने पोषक तत्वहरु बचाउन सकिन्छ । अण्डा मात्र होइन हामीले पकाएर खाने हरेक खाद्यान्नको बारेमा सुक्ष्म ज्ञान लिएर मात्र पकाउनुपर्छ । तर यहाँ अण्डा उसिन्ने तरिकाबारे मात्र छलफल गरिनेछ ।
अण्डा उमाल्ने सही तरिका ब्रिटिश शोधकर्ताले पत्ता लगाएका हुन् । ब्रिटिस लेखक तथा कुक, जे जे. जेन्जी लोपेज–एल्टले आफ्नो किताब ‘द फूड लब : बेटर होम कुकिङ्ग’ मा अण्डा उमाल्ने दुई तरिका बताएका छन् । अण्डा उसिन्नु अघि र उसिनीसकेपछि ध्यान दिनुपर्छ । तर बजारमा पाइने उसिनेको अण्डामा यी सबै कुराको ध्यान नदिइएको हुनसक्छ ।
अण्डा यसरी उसिन्नुपर्छ ताकि यसले शरीरलाई नोक्सानी नगरोस् । लोपेजका अनुसार अण्डालाई कहिले पनि उमाल्नु अघि चिसो पानीमा हाल्नुहुँदैन र चिसो पानीमा पखाल्नु पनि हुँदैन । अण्डा उमालेपछि पनि चिसो पानीमा डुबाउनुहुँदैन । नत्र अण्डाको पहिलो हिस्सा हरियो रंग हुन जान्छ । यसबाट हामीले अण्डाबाट पाउने पोषण तत्व नष्ट हुनसक्छ ।
उनका अनुसार अण्डालाई हल्का आगोमा उमाल्नुपर्छ । त्यो भन्दा पहिले ३० सेकेण्ड मात्र तताइएको पानीले धुनुपर्छ । अण्डा उमाल्नको लागि ठूलो आगोको जरुरी पर्दैन । अण्डालाई ८८ डिग्रि सेल्सीयस तातोमा ११ मिनेटसम्म उमाल्नुपर्छ । त्यसो गर्दा अण्डा थप पौष्टीक हुनेछ । यसो गर्दा अण्डाको महत्वपूर्ण सेल्स बर्बाद हुन पाउँदैन र शरिरलाई यथेष्ट पोषण प्राप्त हुनेछ ।
The post तपाईलाई अण्डा उसिन्न आउँछ ? appeared first on Sajha Post.