पानी हाम्रो जिन्दगीको लागि कति फाइदाजनक छ, त्यो सबैलाई थाहा नै छ । पानीबिनाको जीवनको हामी कल्पना गर्न पनि सक्दैनौं । तर कहिले कहिले यही पानीले तपाईंको स्वास्थ्य बिगार्न पनि सक्दछ ।
के तपाईंलाई थाहा छ, यदि तपाई खाना खाँदाखाँदै पानी पिउनुहुन्छ भने यो बानी तपाईंको पाचन क्रियाको लागि खतरनाक हुनसक्छ ।
जब तपाई धेरै पिरो र अमिलो चटपटजस्ता खानेकुरा खानुहुन्छ, तब बीचमा त्यतिबेला पानी नपिउनुहोस् । यसले तपाईंको पाचन प्रक्रियामा नराम्रो असर छोड्न सक्दछ ।
खाना खाँदाखाँदै बीचमा पानी पिउनाले तपाईको शरीरमा इन्सुलिनको स्तर बढ्न सक्छ ।
जाडोको मौसममा चिसो पानी पिउनबाट बच्नुहोस् । किनकी यो मौसममा तपाईको पाचन शक्ति धेरै कमजोर हुन्छ ।
खाना खाएपछि करिब आधा घन्टापछि पानी पिउनुहोस्, यसबाट तपाईंको स्वास्थ्य पनि राम्रो रहन्छ र पेट बढ्दैन ।
The post खानासँगै पानी पिउनु यसकारण हुनेछ स्वास्थ्यका लागि घातक appeared first on Sajha Post.