Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

गाँजा खानेहरु होसियार, छिट्टै मृत्युको मुखमा पुगिएला ! (कारणसहित)

$
0
0


काठमाडौं । युवा अवस्थामा गाँजा सेवन गर्ने मानिसको अल्पायुमा नै मृत्यु हुने तथ्य बाहिर आएको छ ।

स्विडेनको क्यारोलिन्स्का इन्स्टिच्युटका वैज्ञानिकहरुले ४२ वर्ष लगाएर गरेको एउटा अनुसन्धानले गाँजा खाने मानिसको अकालमै मृत्यु हुने सम्भावना गाँजा नखानेको भन्दा ४० प्रतिशत बढी हुने देखाएको छ ।

यदि मानिसले युवाअवस्थामा गाँजा सेवन गरेमा मानसिक तथा शारिरीक स्वास्थ्य निकै कमजोर हुने गर्दछ । साथै उनीहरुको दिमागमा पछिसम्म असर पर्ने गर्दछ । लागु औषध प्रयोगकर्ताको व्यक्तिगत सम्बन्धमा विभिन्न समस्या देखा पर्ने गर्दछ भने कार्य कुशलता कमजोर हुनाले न्युन पारिश्रमिक पाउने गर्दछन् ।

अमेरिकी जर्नल साइकियाट्रीमा प्रकाशित अनुसन्धानकाअनुसार युवा अवस्थामा अत्याधिक गाँजा सेवन गर्ने मानिसहरुको मृत्यु ६० नपुग्दै हुने गर्दछ ।

आफ्नो जीवनमा कहिल्यै गाँजा सेवन नगरेका मानिसको तुलनामा गाँजा सेवन गर्ने मानिसको मृत्यु चाँडो हुने संभावना ४० प्रतिशत हुने कुरा पनि उक्त अनुसन्धानमा जनाइएको छ । साथै गाँजा सेवनकै कारण हात्महत्या तथा दुर्घटनाका घटना पनि बढ्ने अनुसन्धानले बताएको छ ।

लागू औषध विज्ञ स्कट क्राकोअरले गाँजाका कारण फोक्सोको क्यान्सर र मुटुसम्बन्धी रोगको जोखिम उच्च रहने बताएका छन् । ‘गाँजा प्रयोगकर्ताको आहार पनि निकै कमसल हुने तथा उनीहरुले धुम्रपान पनि गर्ने गर्दछन् । चुरोट र गाँजाको सम्बन्ध बढ्दै गएको पाइन्छ ,’ उनले भने । सानो उमेरबाटै गाँजा सेवन गर्दा विभिन्न खालका मनोवैज्ञानिक समस्या देखा पर्ने, वौद्धिक क्षमता कमजोर हुने र दिमागको विकासलाई पनि असर पार्ने उनको भनाइ रहेका छ ।

गाँजा सेवनका कारण मूल्याङ्कन गर्ने, तर्क गर्ने तथा विचार गर्ने हाम्रो दिमागमा रहेको कर्टेक्सको विकास मात्रै नहुने होइन कि दिमाग नै चाँढो बुढो हुने कुरा डाक्टर फ्रान्सेस्का फिल्बेले बताए ।

उनले भने, ‘यसको प्रयोगले दिमागी विकासमा मात्रै असर पर्दैन, हाम्रो दिमाग कति परिकक्क छ भन्ने कुरालाई पनि असर पार्दछ । कर्टेक्स बाक्लिदै जाँदा दिमागमा भएको खैरो तथा सेतो पदार्थबीचको सन्तुलन कम हुने फिल्बेले बताए । यसरी सेवनकर्ता चाँडै बुढो हुने गर्दछ ।’

यसबाहेक गाँजा प्रयोगको मात्रा बढ्दै जाँदा आर्थिक, सामाजिक तथा व्यक्तिगत सम्बन्धमा पनि समस्या थपिदै जाने अर्को अनुसन्धानले देखाएको छ ।

गाँजाकै कारण मानिसले पैसा चोर्ने, ढाँट्ने, छल्ने, काममा नजाने तथा अन्य दुव्यवहार गर्ने कुरा क्यालिफोर्निया विश्वविद्यालयमा गरिएको एक अध्ययनले देखाएको छ ।

उक्त अध्ययनमा ‘गाँजाका नियमित प्रयोगकर्ताले बारम्बार पैसा चोर्ने, कार्यस्थलमा ढाँट्ने , सम्बन्धमा विभिन्न समस्या भोग्नुपर्ने अथात् आफ्नो जीवनसाथीमाथि हिंसा वा दुर्व्यवहार गर्ने’ भनेर लेखिएको छ ।

The post गाँजा खानेहरु होसियार, छिट्टै मृत्युको मुखमा पुगिएला ! (कारणसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles