एजेन्सी, २६ पुस । दक्षिण कोरियालको सबैभन्दा ठूलो पोर्न साइटका सह–संस्थापकलाई देशको एउटा अदालतले चारवर्षको जेल सजाय सुनाएको छ ।
साङ जातकी ती महिला सह-संस्थापकले अश्लील बस्तुहरुको प्रचार र प्रसारलाई बढावा दिएकोमा दोषि पाइएको थियो ।
सोरानेट नामको उक्त वेभसाइटका दशौं लाख प्रयोगकर्ताहरु छन् । त्यसले हजारौं गैरकानूनी भिडियोहरु निर्माण गर्ने काम गर्छ । साथै सो वेभसाइटले गोप्य क्यामेराबाट भिडियोहरु खिचेर त्यसलाई भिडियोमा छायाँकन गरिएका महिलाहरुको अनुमति विना प्रचार प्रसार गर्ने काम गर्दथ्यो ।
दक्षिण कोरियामा प्रोन तथा अश्लिल भिडियो सामाग्रीहरु उत्पादन तथा प्रसार गर्नु गैरकानूनी मानिन्छ । सार्वजनिक विरोधहरु उत्पन्न भएपछि सो सोरानेट वेभसाइट बन्द गरिएको छ ।
पछिल्लो समरमा दक्षिण कोरियामा महिलाहरुले देशैभरी वृहत सडक प्रदर्शनी आयोजना गरेका थिए । ती महिलाहरुले सरकारलाई गैरकानूनी पोर्नोग्राफीविरुद्ध गम्भिर कदम उठाउन आह्वान गरेका थिए ।
The post दक्षिण कोरियाली पोर्न साइटको सह-संस्थापकलाई जेल सजाय appeared first on Sajha Post.