Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

दम रोगका लागि रामबाण सावित हुन्छ खजुर, यस्ता छन् अन्य फाइदाहरु

$
0
0

एजेन्सी, २५ पुस । ठण्डी मौसम दमका रोगीहरुका लागि यातना बन्छ । तर तपाईले खजुरलाई आफ्नो दैनिक डाइटमा समावेश गर्नुभयो भने तपाईको यो समस्या हल हुनसक्छ ।

मेडिकल साइन्सदेखि आयुर्वेदसम्मले खजुरलाई स्वास्थका लागि फाइदाजनक मानेको छ । खजुर तीन किसिमका हुन्छन् एउटा सफ्ट, अर्को सेमी ड्राई र अर्को पूरा ड्राई हुन्छ । यसमा भिटामिन ए, बी र डि पाइने हुँदा यसलाई उर्जाको राम्रो स्रोत मानिन्छ ।

आज हामी तपाईलाई खजुरको चमत्कारी फाइदाका बारेमा बताउँछौं ।

ठण्डी याममा खजुरले चिसोबाट सुरक्षा दिन्छ । यसमा आयरन, मिनरल, क्याल्सियम, अमिनो एसिड, फस्फोरस भरपूर मात्रामा पाइन्छ जसले शरीरमा धेरै फाइदाजनक प्रभाव पार्छ । यसको सेवनले शरीरमा गर्मी पैदा गर्छ ।

बिहान दुधको साथमा यसलाई सेवन गर्दा राम्रो हुन्छ ।

स्वास्थविज्ञ तथा आयुर्वेदको अनुसार दम रोगीहरुका लागि खजुर रामबाण सावित हुन्छ । दम रोगीले दैनिक एकदुई वटा खजुर सेवन गर्नुपर्छ ।
खजुरमा डायट्री फाइबर पाइन्छ जुन पाचनप्रणालीको लागि फाइदाजनक मानिन्छ । यसको सेवनले तपाईको कब्जियतको समस्या समाधान गर्छ ।

खजुरमा पाइने नुनले हाडलाई मजबुत बनाउने काम गर्छ । यसमा रहेको क्याल्सियम र कपरले हाडहरुलाई ताकत दिन्छ ।

दैनिक खजुर सेवन गर्नाले रोग प्रतिरक्षा प्रणालीलाई थप मजबुत बनाउँछ । यसमा पाइने ग्लूकूज र फ्रुक्टोजले शरीरमा रोग प्रतिरक्षा शक्ति बढाउँछ ।

The post दम रोगका लागि रामबाण सावित हुन्छ खजुर, यस्ता छन् अन्य फाइदाहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles