Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यौनकर्म चलिरहेको सूचनाका आधारमा प्रहरीद्वारा होटलमा छापा, ९ जोडी प्रहरी नियन्त्रणमा

$
0
0

बाँके, ३१ भदौ । बाँकेको कोहलपुरमा सञ्चालन रहेका दर्जनौं होटेलमा शनिबार राति प्रहरीले छापा मारेको छ । सेक्स र्याकेट सञ्चालन भएको चर्चा चलेपछि इलाका प्रहरी कार्यालय कोहलपुरले एकसाथ दर्जनौं होटेलमा छापा मारेको हो।

कोहलपुर क्षेत्रमा संगठित रुपमा नै अवैध यौन कारोबार भैरहेको सूचनाको आधारमा प्रहरीले शनिबार राति बसपार्क, न्यूरोड, चप्परगौडी लगायतका विभिन्न स्थानहरुमा एकसाथ छापा मारेको थियो ।

त्यसक्रममा प्रहरीले नौ जोडीलाई नियन्त्रणमा लिएको छ । उनीहरु व्यवसायी हुन् वा प्रेमी/प्रेमिका भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यौन व्यवसायी रहेछन् भने व्यवसाय सञ्चालन गर्ने र होटल समेतलाई कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

The post यौनकर्म चलिरहेको सूचनाका आधारमा प्रहरीद्वारा होटलमा छापा, ९ जोडी प्रहरी नियन्त्रणमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images