Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

११ वर्षीय बालक जसले चिकित्सा विज्ञानलाई रनभूल्ल बनाइरहेका छन्

$
0
0

एजेन्सी, २८ भाद्र । चिकित्सा विज्ञानको चमत्कारबाट कोही अनविज्ञ छैनन् । मुत्युशैयाबाट जीवन दिने चिकित्सा विज्ञानले मानव सभ्यतको विकासक्रममा धेरै जटिल र जेलिएका रहस्यहरुलाई सुल्झाइसकेको छ । तर बेलायतका एक ११ वर्षीय बालकले भने चिकित्सक विज्ञानलाई पनि हैरान बनाएर सोच्न बाध्य बनाएको छ ।

११ वर्षका बालक बेन्जामिन एडमण्डसन एउटा दुर्लभ रोगसँग जुझिरहेका छन् जसलको नाम आजसम्म चिकित्सा विज्ञानले पनि पत्तो लगाउन सकेको छैन । बेन्जामिन न आफैं खान सक्छन् न कुराकानी न त हिँडडूल नै गर्नसक्छन् । उनी रुन पनि सक्दैनन् । पूरा विश्वमा त्यस प्रकारका रोगी मात्र ८ जना छन् । यो एक प्रकारको जेनेटिक डिसअर्डर हो ।

इङ्ग्लैंडको दुरहमका बासिन्दा बेंजामिन मिर्गीसँग पनि जुझिरहेका छन् । उनी समय अगावै जन्मिएका थिए । लगातार बिमारी बढेपछि उनको आँशु निस्कन पनि बन्द भएको छ । यसकै कारण विस्तारी आँखाको ज्योति पनि कम हुँदै गएको छ । बेन्जामिनका बुवा पिटरको अनुसार बाल्यकालमा उनलाई खाना खान कुनै समस्या थिएन तर एकपटक छाति इन्फेक्सन भएपनि आइसियुमा भर्ना गरियो । बाहिर निस्कँदा उनीमा त्यस्ता समस्या आउन शुरु भएको हो ।

बेन्जामिनकी आमा भिक्टोरियाको अनुसार उनको विकास अरु बालबालिकाको भन्दा फरक थियो । उनी हेर्दा पनि अरुभन्दा फरक थिए । जब उनको समस्या चिकित्सलाई देखाइयो तब उनीहरुले उनको विषयमा केही निर्णय दिन सकेनन् र उनलाई जेनेटिभक डिस्अर्डर भएको निश्कर्ष निकाले ।

उनको धेरैपटक जाँच गराइयो तर रोग पत्ता लाग्न सकेन ।

जब बेन्जामिनको अवस्था एकदमै गम्भीर बन्यो तब उनको ठूलो अपरेशन गराइयो र उनलाई नलीको सहयोगमा खाना र दबाई दिन शुरु गरियो ।

The post ११ वर्षीय बालक जसले चिकित्सा विज्ञानलाई रनभूल्ल बनाइरहेका छन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images