Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

निधारको चाउरीपनाले बुढेसकालको होइन प्राणघातक रोगको संकेत दिन्छ

$
0
0

एजेन्सी, ११ भाद्र । निधारको चाउरीपनाले संधै बढ्दो उमेरको मात्र संकेत दिदैँन । यसले कहिलेकाँही शरीर भित्रको प्रतिकूल अवस्थाको पनि संकेत दिन्छ । एक शोधमा निधारमा चाउरीपना औसतभन्दा धेरै बढ्नु र एथेरोसिलेरिोसिस नामक हृदय रोगको आपसी सम्बन्ध हुजे देखाएको छ । यस किसिमको बिमारीमा धमनीहरु कडा बन्छन् जसकारण ह्दयघातको खतरा हुन्छ ।

फ्रान्सको सेंटर हस्पिटलायर यूनिभर्सिटी डी टाउलाउसका प्राध्यापकले चाउरी जति बढ्छ त्यति नै ह्दयरोगले आक्रमण गर्ने खतरा बढ्ने बताएका छन् । चाउरीपनालाई ह्दय रोगको खतरा पहिचान गर्नका निम्ति ब्लड प्रेशर वा अन्य तरिकाभन्दा राम्रो साधन त मानिदैँन तर यसले खतराको घण्टीको रुपमा भने काम गर्न सक्छ ।

कोलेजन प्रोटिन र अक्सिडेटिभ स्ट्रेस, चाउरी बढाउन र एथेरोसिलेरोसिस दुवैका लागि जिम्मेवार छन् । यसैबीच वैज्ञानिकहरुले यी दुई चाउरी र एथेरोसिलेरोसिसको एकअर्कामाथिको प्रभावबारे पहिलो पटक जाँच गर्‍याे । ३२ सय वयस्कहरु माथिको जाँच पछि वैज्ञानिकले चाउरी बढ्नाले ह्दय राेगको कारण ज्यान जाने खतरा दश गुणा बढ्ने पाए ।

The post निधारको चाउरीपनाले बुढेसकालको होइन प्राणघातक रोगको संकेत दिन्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles