Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

छोरो पाउन दशौं सन्तान

$
0
0

सल्यान, १० भदौ । ‘छोरा र छोरी दुवै बराबरी, दुई सन्तान इश्वरका बरदार’ यो नारा घन्किँनै रहँदा सल्यानमा भने छोरा पाउनकै लागि एउटा दम्पतीले दशौ सन्तानलाई जन्म दिएका छन् ।

छोराको पर्खाइमा नौ छोरीलाई जन्म दिइसकेका कुमाख गाउँपालिका–२, डाँडाकटेरीका ५० वर्षीय डिल्लीबहादुर शाही र उनकी ४० वर्षीय पत्नी डिल्ली शाहीले १० औँ सन्तानको रुपमा भने छोरालाई जन्म दिएका छन् । बढ्दो उमेरसँगसँगै यसअघिका नौ सन्तानलाई घरमै जन्म दिइसकेकी डल्लीलाई यसपटक पनि घरमै सुत्केरी गराउन खोज्दा अत्याधिक रक्तश्राब भएका कारण ज्यान जानसक्ने जोखिम भएपछि सुत्केरीका लागि जिल्ला अस्पताल सल्यान ल्याइएपछि यस्तो रहस्य खुलेको हो ।

छोराकै आशमा सन्तान जन्माउदा नवौं सन्तान पनि छोरी भएपछि उनीहरुले पुनः अर्काे सन्तान जन्माउने निर्णय गरेका थिए । भाग्यबश दशौं सन्तान छोरो भयो अन्यथा उनीहरुले अर्काे पनि कोशिस गर्ने होलान् । यो डल्लीमाया दम्पत्तीको मात्रै समस्या होइन । हाम्रो समाजमा छोरालाई नै पहिलो प्राथमिकतामा राख्ने हुनाले पहिलाहरुले वर्षेणी सन्तान जन्माउनुपर्ने बाध्यता छ । धेरै सन्तान जन्माउँदा आमा र सन्तानको स्वास्थ्य विग्रन्छ । तर सामाजिक कुप्रथा, पारिपारिक चापका कारण महिलाहरु सन्तान जन्माउन बाध्य छन् ।

The post छोरो पाउन दशौं सन्तान appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles