Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

वर्षायाममा पिउनुहोस् पुदिना चिया, पाउनुहुनेछ यस्ता फाइदा

$
0
0

एजेन्सी, ३० साउन । औषधीको गुणले भरिपूर्ण पुदिनाको सेवनले विभिन्न स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ । यसलाई विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ जसमध्ये चारमा यसको प्रयोगबारे धेरैका जानकार छन् । तर आज हामी तपाईलाई यसको भिन्न प्रयोगको बारेमा तपाईलाई बताउने छौं जुन एकदमै फाइदाजनक छ ।

पुदिनालाई तपाई चियाका लागि प्रयोग गर्न सक्नुहुन्छ । वर्षायाममा यसको चिया सेवन स्वस्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।

यो चिया तयार गर्नका लागि तपाईलाई ८, १० वटा पुदिनाको पातको आवश्यक पर्दछ । साथै आधा चम्ची कालो मरिच, स्वाद अनुसार कालो नुन र दुई कप पानी ।

पुदिनाको चिया बनाउनका लागि सबैभन्दा पहिले पानी उमालेर राख्नुहोस् । उम्लेको पानीमा पुदिनको पात, कालो मरिच र नुन राख्नुहोस् र पाँच मिनेट जति त्यसलाई उमालेर आगो बन्द गरिदिनुहोस् । यसलाई छानेर चिया पिउनुहोस् ।

यो चिया तपाई वर्षातयामको अलावा अन्य समयमा पनि सेवन गर्न सक्नुहुन्छ । यसले तपाईको रोग प्रतिरोधक क्षमता बढाउन मद्दत गर्छ, पाचन प्रणालीलाई मजबूत बनाउँछ । यसले गर्मीको समयमा अधिकांशलाई देखा पर्ने पिसाब पोल्ने समस्याको पनि निराकरण गर्छ ।

यसबाट स्वास सम्बन्धि समस्याबाट पनि छूटकारा दिलाउँछ । फंगल इन्फेक्सनको रोग, आस्टियोआर्थराइटिसलाई कम गर्ने काम पनि गर्दछ । साथै यसले क्यान्सरजस्तो प्राणघातक रोगलाई प्रतिरक्षा गर्छ ।

The post वर्षायाममा पिउनुहोस् पुदिना चिया, पाउनुहुनेछ यस्ता फाइदा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles