Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

दुर्गन्धित पसिनाको समस्या छ भने यी आहाराबाट रहनुहोस् टाढा

$
0
0

एजेन्सी, २९ साउन । गर्मीको समयमा दुर्गन्धित पसिनाको समस्याबाट धेरैजना पीडित हुन्छन् । पसिना गन्हाउनुको पछाडी धेरै कारणहरु हुन्छन् । काम, तनाव, खानपान र अनुवंशिक हार्मोन असन्तुलन जस्ता कारणले यस्तो समस्या उत्पन्न गराउँछ ।

विशेषगरी आहारविहारले शरीरलाई दुर्गन्धित बनाउनमा धेरै ठूलो भूमिका खेल्छ । यदि तपाई गर्मीको समयमा केही खाद्यबस्तुबाट टाढा रहनुभयो भने तपाई यो समस्याबाट छूटकारा पाउन सक्नु हुन्छ ।

दुध
दुध स्वास्थ्यका लागि धेरै नै फाइदाजनक छ । तर यसमा कोलीनको मात्रा ज्यादा हुन्छ जसले शरीरमा दुर्गन्ध उत्पन्न गर्ने काम गर्छ । यसकारण गर्मिमा दुध कम पिउनुपर्छ । यसका लागि तपाई दुधको ठाँउमा दही सेवन गर्न सक्नुहुन्छ ।

प्याज र लसुन
गर्मीमा प्याज र लसुनको सेवनमा कमी गर्नुपर्छ । यसेको धेरै प्रयोगले शरीरमा दुर्गन्ध उत्पन्न हुन्छ । यसको सट्टा दालचिनि वा अलाइची प्रयोग गर्नुहोस् ।

मादक पदार्थ
दुर्गन्धित पसिनाबाट छूटकारा पाउनका लागि रक्सीजस्ता मादक पदार्थ सेवनबाट टाढा रहनुपर्छ । यसको सट्टा अमिलो पानी सेवन गर्दा फाइदाजनक हुन्छ ।

कफी
गर्मी महिनामा कफीको सेवन नगर्नु उपयुक्त हुन्छ । यसको सेवनले शरीरमा दुर्गन्ध उत्पन्न हुन्छ । तपाई कफीको ठाउँमा ग्रीन टि प्रयोग गर्न सक्नुहुन्छ ।

यी सेवन गर्न नहुने वस्तुहरुले तपाईको पसिनामा दुर्गन्धलाई कमि गर्ने काम गर्छ । तर यदि यी चिजहरुबाट टाढा रहँदा पनि तपाईको दुर्गन्धमा कमि आएन भने केही घरेलु वस्तुको प्रयोगले त्यो समस्याबाट छूटकारा पाउन सकिन्छ ।

फिटकीरी वा पुदीना
नुहाउने पानीमा आधा घण्टा पहिले फिटकीरी र पुदीनाको पता राखिदिनुहोस् । यो पानीले नुहाउँदा शरीरमा ठण्डी र ताजापनाको अनुभूति हुन्छ र पसिनाबाट छूटकारा मिल्छ ।

इत्र र गुलाब जल
नुहाउने पानीमा इत्र र गुलाब जल मिलाएर राख्नु भयो भने पनि यो समस्याबाट छूटकारा पाउन सक्नुहुन्छ ।

साथै तपाईले लगाउने कपडाले पनि तपाईको शरीरमा असर पारीरहेको हुन्छ । गर्मीको समयमा सिन्थेटिक कपडाहरु लगाउनु हुँदैन । गर्मीमा सुती कपडा उपयुक्त हुन्छ । यस्तो समयमा कसिँलो कपडा प्रयोग गर्नु हुँदैन । हावा आवतजावत गर्ने कपडा प्रयोग गर्नुपर्छ ।

The post दुर्गन्धित पसिनाको समस्या छ भने यी आहाराबाट रहनुहोस् टाढा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles