नेपालगञ्ज, २४ साउन । वडा प्रहरी कार्यालय नेपालगञ्जले बुधबार राति नेपालगञ्जको एक होटलमा छापा मारेर २ युवा र २ युवतीलाई यौन धन्दामा लागेको आरोपमा पक्राउ गरेको छ ।
नेपालगञ्ज पुष्पलाल चोक नजिक रहेको एक होटलमा छापा मारेर प्रहरीले कोठाबाट २ जोडीलाई पक्राउ गरेको हो । होटलको कोठा नम्बर २०२ र ३०१ बाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार पेशेवर युवतीहरु बिचौलियामार्फत उक्त होटलमा युवकहरुसँग रात बिताउनको लागि पुगेका थिए ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ ।।
The post होटलमा यौनधन्दा गरिरहेका २ युवा र २ युवतीलाई प्रहरीले पक्रियो appeared first on Sajha Post.