एजेन्सी, २१ साउन । पानीको कमिले हाम्रो मस्तिष्कको कार्यप्रणालीलाई सुस्त बनाउँछ । यसले शरीरमा निष्क्रियता, उदासी, नैराश्यता उत्पन्न गराउँछ ।
यस्तो अवस्थाबाट छूटकारा पाउनका लागि योग विज्ञानको सोहम मुद्रा निकै प्रभावकारी उपचार साबित हुनसक्छ । यसले शरीरमा नयाँ उर्जा, आत्मविश्वास, उत्साह पैदा गराउँछ ।
यो मुद्रामा रहेको समयमा स्वास भर्दै ऊँ शब्दलाई लामो ध्वनीमा उच्चारण गर्नु भयो भने नाभिदेखि मस्तिष्कसम्म कम्पन हुन्छ र मस्तिष्कको कोशिकाहरु जागृत हुन्छन् ।
दुबै हातलाई जाँघमा राखेर औलाका शिर्षलाई कान्छी औलाको जडमा लगाउनु होस् । बिस्तारी स्वास भर्नुहोस् र त्यही मुद्रामा मुट्ठी बनाउनुहोस् । ‘ऊँ’को लामो ध्वनी सात पटक उच्चरण गर्नुहोस् र त्यसलाई दाँया कानले सुन्नुहोस् । बिस्तारै श्वासलाई बाहिर फ्याँक्दै पेटको मांसपेशीलाई संकुचित पार्नुहोस् र उड्डियान बन्ध लगाउनुहोस् ।
अब हात खोलेर आफ्नो हात खुट्टालाई तान्नुहोस् र कल्पना गर्नुहोस् कि तपाई अवसादमुक्त हुनुहुन्छ । यसलाई न्यूनतम सात पटकसम्म र अधिकतम ४९ पटकसम्म गर्नुहोस् ।
The post सोहम मुद्रा जसले बढाउँछ सक्रियता र बनाउँछ मस्तिष्क स्वस्थ appeared first on Sajha Post.