Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

आफ्नै २२ वर्षीय श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ

$
0
0
फाइल फोटो

 

झापा, २१ साउन । झापामा आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । बिर्तामोड नगरपालिकाकी २२ वर्षीय युवतीले आफ्नो श्रीमान्ले बलात्कार गरेको उजुरी दिएपछि उनको श्रीमान्लाई पक्राउ गरिएको हो ।

श्रीमातीले जाहेरीमा श्रीमान्ले इच्छा विपरित यौन सम्पर्क राख्ने गरेको उल्लेख गरेकी छिन् । उनले श्रीमान् १०/१२ दिन हराउने, अनि आएर सम्पर्क राखेपछि फेरि हराउने गरेको पनि जनाएका छिन् ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार पक्राउ परेका श्रीमान्माथि वैवाहिक बलात्कारको मुद्दा दायर गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

The post आफ्नै २२ वर्षीय श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles