काठमाडौं, १६ साउन । सामान्य अवस्थामा अस्पतालमा भर्ना गरिएका विरामीको ४८ घण्टाभित्रै उपचारकै क्रममा ज्यान गएपछि प्रहरीमा उजुरी दर्ता गरिएको छ । उपचारका क्रममा पत्रकार यादव थपलियाको मृत्यु भएपछि चिकित्सकको लापरबाहीले उनको ज्यान गएको भन्दै उनकी श्रीमती गंगा खतिवडाले बुधबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दिएकी हुन् ।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजविरुद्ध खतिवडाले प्रहरीमा उजुरी दर्ता गराएकी हुन् । आफ्ना श्रीमान यादवलाई उपचारका क्रममा एकपछि अर्काे रोग देखिएको भन्दै उपचार गराउँदै गएको तर अस्पताल भर्ना गरिएको तीन दिनपछि असार १५ गते यादवको ज्यान गएको थियो । प्रहरीले सुरुमा टाइफाइड भनेको, पछि मुटुमा समस्या भनिएको र अन्त्यमा भाइरल इन्फ्लुएन्जा भएको भन्दै यादवको ज्यान गएको बताएका थिए । तर रिपोर्टमा भाइरल इन्फ्लुएन्जा फेला नपरेपछि अस्पतालको लापर्वाहीले यादवको ज्यान गएको भन्ने गंगाले उजुरी दर्ता गराएकी हुन् ।
The post पत्रकारको मृत्यु भएपछि अस्पतालविरुद्ध उजुरी appeared first on Sajha Post.