डा. अर्चना सोनी । आधुनिकता र कामको भागदौडले हाम्रो खानपिनको आनीबानी बदलिइरहेको छ । यसको नतिजा हो शरीरमा अम्लियपन बढ्नु । बयस्कहरुका लागि पेटमा अमिलोको मिलनको समस्याले सताउने क्रम बढिरहेको पाइन्छ । कतिपयले यस्तो समस्यामा चिकित्सककोमा जाने भन्दा औषधी पसलबाट औषधी किनेर सेवन गरिरहेको पाइन्छ ।
तर यसरी औषधी सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ । उच्च रक्तचाप र मधुमेहको समस्याबाट ग्रसित रोगीहरुले एसिडिटीसँग सम्बन्धित औषधी जथाभावी सेवन गर्नुहुँदैन । उनीहरुलाई एसिडिटीको समस्या देखिएमा चिकित्सकको सल्लाह लिनुपर्दछ ।
डा. रवि बर्धनका अनुसार एसिडिटी सामान्य समस्या होइन । यसले रोगीको पाचन प्रणालीलाई पूरापूर प्रभावित गरेको हुन्छ । यस्तो समस्यामा विशेषज्ञ चिकित्सकको सल्लाह लिनु लाभकर हुन्छ ।
सामान्य एसिडिटीमा के गर्ने ?
सामान्य एसिडिटी हुँदा मरीज पेंटाप्रोजोल एक चक्का खाली पेटमा लिन सकिन्छ । एकभन्दा बढी चक्की खानु हुँदैन । यसको अलावा डाइजीन जेल ५ देखि १० एमएलसम्म लिन सकिन्छ । रेजटीडीन १५० एमजी बिहान बेलुका खान पनि सकिन्छ । यस्तो औषधी अधिकतम् दुई दिनसम्म खान सकिन्छ । तेस्रो दिनभने चिकित्सकको सल्लाहबिना सेवन गर्नु हुँदैन ।
एसिडिटीको लक्षण
–पेटमा जल हुन्छ ।
– भोक लाग्दैन ।
– अमिलो डकार आउँछ ।
के गर्ने ?
हरियो सागसब्जी सेवन गर्नुपर्दछ ।
जंक फुड खान छोड्नुपर्दछ ।
अत्यधिक पानीको सेवन गर्नुपर्दछ ।
सफा र पचाउन सजिलो हुने भोजन लिनुपर्दछ ।
चिकित्सकको सल्लाह बिना औषधी खानुहुँदैन ।
एसिडिटीको समस्या बयस्कहरुका लागि आम समस्या हो । यसलाई सामान्य समस्याको रुपमा लिनु हुँदैन । दुई वा दुईभन्दा धेरै दिन यस्तो समसया देखिएमा तुरुन्त अस्पताल गएर उपचार गर्नु उपयुक्त हुन्छ ।
-अमरउजाला डट कमबाट
The post स्वास्थ्यका लागि खतरनाक हुन्छ एसिडिटी, यसरी बच्न सकिन्छ ! appeared first on Sajha Post.