Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कलंकीमा एक युवतीलार्इ जबरजस्ती करणी गर्ने सशस्त्र प्रहरीका दुई जवान पक्राउ, प्रेमीले नै गरे यस्तो

$
0
0

काठमाडौं, १३ साउन । काठमाडौंको कलंकीमा एक युवतीलार्इ जबरजस्ती करणी गरेको आरोपमा सशस्त्र प्रहरीका दुई जवान पक्राउ परेका छन् । पीडितले महानगरीय प्रहरी वृत्त, कालिमाटीको महिला सेलमा दिएको जाहेरीको आधारमा प्रेमी रामशरण पोखरेल र उनका साथी चन्द्र प्रसाईं पक्राउ परेका हुन् । उनीहरु दुबै सशस्त्र प्रहरी बल, बलम्बुमा कार्यरत थिए ।

घटनाको अनुसन्धान भइरहेको र दुवैमाथि जबरजस्ती करणी र जबरजस्ती करणी प्रयाससम्बन्धी मुद्दा चलाइने कालिमाटीका डिएसपी प्रदीप क्षेत्रीले बताए । युवतीले प्रहरीसमक्ष जाहेरी दिएको आधारमा दुवै पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको कोठाबाट केही मदिराको बोतलसमेत बरामद गरेको छ । पक्राउ परेपछि पोखरेलले आफूले युवतीसँग सम्बन्ध राखेको स्वीकार गरेका छन् ।

The post कलंकीमा एक युवतीलार्इ जबरजस्ती करणी गर्ने सशस्त्र प्रहरीका दुई जवान पक्राउ, प्रेमीले नै गरे यस्तो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles