Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मनसुनमा लेप्टोस्पायरोसिसको खतरा, संक्रमणबाट बच्न अप्नाउनुहोस् यी पाँच उपाय

$
0
0

एजेन्सी, ९ साउन । केही दिन अघि लेप्टोस्पायरोसिसको कारण मुम्बईमा चार जनाको मृत्यु भयो । मुसाद्वारा मानिसमा फैलिने यो विमारी लेप्टोस्पिरा ब्याक्टेरियाका कारणले हुन्छ । यो ब्याक्टेरियाले मानिससँगै पशुहरुलाई पनि संक्रमण गर्छ ।

यस बिमारीबारे केही महत्वपूर्ण कुराहरु ध्यान राख्न सके यसको संक्रमणबाट बच्न सकिन्छ ।

पहिलो यो ब्याक्टेरियाको संक्रमणलाई पहिचान गर्नुपर्छ । ब्याक्टेरियाले संक्रमण गरेको खण्डमा तिब्र ज्वरो, टाउको दुख्ने, जाडो हुनुको साथै मांसपेशीमा पीडा हुने जस्ता सामान्य लक्षण देखिन्छन् । यसबाहेक बान्ता हुने, आँखा पहेलो रातो हुने, पेट दुख्ने, पखाला लाग्ने जस्ता संकेतहरु देखिन्छन् । यसका धेरै लक्षणहरु डेंगूसँग मिल्छ ।

धेरै पानी परेको समयमा मुसाहरुको संख्या बढ्ने र यो ब्याक्टेरिया बढ्ने सम्भावना हुन्छ । संक्रमित मुसाको पिसाबमा बढी मात्रामा लेप्टोस्पायर्स हुन्छ । यो पानी परेको समयमा पानीसँग मिल्छ र त्यस्ता जिवाणुहरु आखाँ, नाक वा मुखको माध्यमबाट शरीरमा प्रवेश गर्नसक्छ । छालामा घाउँ छ भने त्यसको माध्यमबाट पनि शरीरमा पस्न सक्छ ।

यस्ता संक्रमणबाट बच्नका लागि फोहोर पानीमा खेल्नु हुँदैन । शरीरको कुनै अंगमा चोट लाग्यो भने त्यसलाई राम्ररी ढाकेर उपचार गर्नुहोस् । खुट्टा धोएपछि राम्ररी सुकाउनुहोस् चिसो खुट्टामा फंगल इन्फेक्सन हुने सम्भावना हुन्छ । पाल्तू जनावरलाई खोप लगाउने गर्नुहोस् किनभने यसको माध्यमबाट संक्रमण तपाईसम्म आइपुग्न सक्छ । पानी सधै बन्द बोतलको पिउनुहोस् । बिमार वा मरेका जनावरहरुको सम्पर्कमा आउनुबाट बच्नुहोस् । मुसाको टोकाईबाट बच्नुहोस् । राती सुत्दा झूलको प्रयोग गर्नुहोस् ।

झरीको समयमा मुसाबाट टाढा रहने विकल्प खोज्नुहोस् । मनसुनको समयमा लेप्टोस्पायरोसिसको संक्रमणको सम्भावना अन्य समयमा भन्दा दुइगुणा बढी हुन्छ ।

यदि संक्रमण भएको खण्डमा उपचारको रुपमा डायलिसिस र एंटीबायोटिक दिइन्छ । मृगौला, कलेजो वा मुटुमा संक्रमण भएको खण्डमा विशेष ख्याल राख्नुपर्छ । पोटाशियमको स्तर धेरै भएको समयमा विशेष उपाय अप्नाउनु आवश्यक हुन्छ ।

The post मनसुनमा लेप्टोस्पायरोसिसको खतरा, संक्रमणबाट बच्न अप्नाउनुहोस् यी पाँच उपाय appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415