Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

डा.केसी समर्थकहरु सामूहिक रुपमा अनशनमा बस्ने

$
0
0


काठमाडौँ, ५ साउन । चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत २२ दिनेदेखि अनसनरत डा.गोविन्द केसीको समर्थनमा अब अन्यले पनि अनसन सुरु गर्ने भएका छन् ।

डा. केसी समर्थकहरुले आइतबारदेखि बसन्तपुरमा सामूहिक अनशन बस्ने जनाएका छन् ।

शनिवार डा केसी समर्थकहरुले गरेको दबाबमूलक प्रर्दशनीमा उनको जीवनरक्षाकालागि आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने जानकारी दिएका छन् ।

दबाब कार्यक्रमलाई नयाँ स्वरुपमा अघि बढाउन सामूहिक सत्याग्रह शुरु गर्न लागिएको डा केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालले बताए ।

प्रर्दशनीमा राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा केसीको जीवनरक्षा गर्न माग गरेका हुन् ।

जुम्लामा अनसनरत डा.केसीको स्वास्थ्यवस्था जटिल बन्दै गएपछि सरकारले बिहीबार उनलाई काठमाडौ ल्याएको थियो । हाल त्रिविशिक्षण अस्पतालमा २२ औँ दिनको अनशनमा छन् । डा.केसीको यो १५ औँ पटकको अनशन हो ।

The post डा.केसी समर्थकहरु सामूहिक रुपमा अनशनमा बस्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles