काठमाडौं, २ साउन । जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा सरकारलाई दवाव स्वरुप नेपाल चिकित्सक संघले देशभरका अस्पतालहरुमा आकस्मिक बाहेक अन्य सेवा ठप्प पार्ने भएको छ । तर माग पूरा गराउनकै लागि अस्पताल बन्द गर्नु हुन्न भन्ने माग पनि संघभित्रैबाट उठ्न थालेको छ ।
डाक्टर गोविन्द केसीका माग पूरा हुनुपर्ने तर अस्पताल जसतो संवेदनशील क्षेत्रमा तालाबन्दी गर्दा विरामी मर्कामा पर्ने भन्दै अस्पताल बन्द गर्न नहुने भन्दै चिकित्सक संघकै कोषाध्यक्ष रक्षा श्रेष्ठले नोट अफ डिसेन्ट लेखेकी छिन् । नेपाल चिकित्सक संघले सरकारले वार्ता समिति गठन गरेर डा.केसीको माग पूरा गर्नुपर्छ भन्ने रहेको र सरकारले पनि वार्ता समिति गठन गरेर वार्ताको प्रयास गरिरहेको अवस्थामा विरामीलाई मर्का पर्ने गरी अस्पताल बन्द गर्ने भन्ने कुरा अलि नमिल्दो भएकाले आफूले नोट अफ डिसेन्ट लेखेको नेपाल चिकित्सक संघकी कोषाध्यक्ष डाक्टर रक्षा श्रेष्ठले जानकारी दिएकी छिन् ।
चिकित्सकहरुले नै अस्पताल बन्द गर्दा विरामी पर्कामा पर्ने र त्यसले नराम्रो सन्देश जाने भन्दै त्यसबारे पुनःर्विचार गर्नुपर्ने उनको भनाई छ ।
The post अस्पताल बन्द गर्ने विषयमा चिकित्सक संघमै विवाद appeared first on Sajha Post.