Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

‘डा केसीलाई बचाऊ’: चिकित्सक संघ

$
0
0

काठमाडौं, २८ असार । मधेशी चिकित्सक संघले चिकित्सा स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ ।

डाक्टर केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर बन्दै गइरहेका कारण केसीको जीवन रक्षाका लागि सरकारले गम्भीर र छिटो कदम चाल्न संघले आग्रह गरेको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा संघका प्रवक्ता डा. विनय पञ्जियारले अनशनप्रति सर्मथन जनाउँदै माथेमा आयोगको सुझाव प्रतिवेदनमाथि अहिले आएर प्रश्न उठेकाले उक्त प्रतिवेदनलाई समयसापेक्ष पुनरावलोकन गरिनुपर्ने माग गरे । उनले भने, “सरकारले अब उपत्यकाभन्दा बाहिर मेडिकल कलेज खोल्ने बाटो खोलिदिनुपर्छ, सो विषयमा डाक्टर केसीले पनि विरोध गर्नुहुँदैन ।”

सरकारी पक्ष, विज्ञ, नेपाल मेडिकल काउन्सिललगायतले मेडिकल कलेज स्थापना लागि नयाँ मापदण्ड निर्धारण गरेर प्रक्रिया पूरा गरेका मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने संघले जनाएको छ ।

The post ‘डा केसीलाई बचाऊ’: चिकित्सक संघ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles