काठमाडौं, २७ असार । जुम्लामा आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको मागलाई सम्बोधन गराउन महाराजगञ्जस्थित शिक्षण अस्पतालका चिकित्सकहरुले सरकारलाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।
डा. केसीको ज्यानको बचाउ तथा उनको मागलाई सम्बोधन गरियोस् भन्दै उनीहरुले उक्त काम सरकारले अबको २४ घण्टाभित्रमा गरिसक्नुपर्ने बताएका छन् ।
अस्पताल परिसरमै एक कार्यक्रमको आयोजना गरी वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन २४ घण्टा भित्र नभए शुक्रबारबाट आफूहरु आन्दोलनमा उत्रिने जनाएका हुन् । उनीहरुले अस्पतालको मूल गेटमा ताला लाएर काठमाडौंको माईतीघर मण्डलामा सर्वसाधारणको उपचारसहित विरोध प्रर्दशन गर्ने चेतावनी दिएका हुन् ।
देशका सबै भूभागमा स्वास्थ्य उपचारको व्यवस्था होस भनेर आमरण अनसनमा बसेका डा.केसीको मागलाई सरकारले वेवास्ता गरेकाले अब त्यसको प्रतिकार गर्ने बेला आएको चिकित्सकहरुले बताएका छन् ।
चिकित्सकहरुले वरिष्ठ चिकित्सक केसीसँग पटक पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिको आफूहरु घोर विरोधी रहेको पनि स्पष्ट पारेका छन ।
The post सरकारलाई त्रिविका डाक्टरहरुको २४ घण्टे अल्टीमेटम appeared first on Sajha Post.