काठमाडौं, २६ असार । जुम्लामा अनसनरत डा.गोविन्द केसीकाे उपचारका लागि सरकारले अर्काे टोली पठाउने तयारी रहेको जनाएको छ । अनसनकै क्रममा स्वास्थ्यवस्था विग्रिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी वाडर्मा भर्ना गरिएका डा.केसीको उपचारका लागि यसअघि पनि काठमाडौंबाट वरिष्ठ चिकित्सकहरुकाे टाेली गएका थिए । तर डा.केसीकै आग्रहमा उनीहरुलाई फर्काइएको थियो ।
उता डा.केसीको स्वस्थ्यवस्था झन झन विग्रिँदै गएको र चौतर्फी डा.केसीका समर्थकहरुले विरोध प्रर्दशगरिरहेका बेला सरकारले पुनः अर्काे टोली डा.केसीको उपचारार्थ जुम्ला पठाउने तयारी गरेको हो ।
जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि राष्ट्रियसभामा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै शिक्षामन्त्री गिरीराजमणि पोखरेलले डा. केसीको स्वास्थ्य राम्रो नरहेको बताए । डा. केसीले सहमती जनाएमा उनलाई काठमाडौं ल्याएर उपचार गर्न पनि सरकार तयार रहेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए ।
मन्त्री पोखरेलले जुुम्लामा टोली पठाउनुभन्दा डा.केसीलाई काठमाडौंमा ल्याएर उपचार गर्नु राम्रो हुने उनले धारणा व्यक्त गरे । डा.केसीले आफ्नो अडान नछोडेका कारण उनलाई काठमाडौंमा ल्याई उपचार गराउने वातावरण बनाउन विपक्षीहरुलाई पनि आग्रह गरे ।
The post ‘डा. गोविन्द केसीकाे उपचारका लागि अर्काे टोली जुम्ला पठाइने’ appeared first on Sajha Post.