Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

डा. केसीको अवस्था जटिल बन्दै

$
0
0

जुम्ला, २५ असार । विगत १० दिनदेखि अनसनरत डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गएको छ । अनसनस्थलमै अर्धचेत अवस्थामा छटपटाउन थालेपछि अनसनको चौथो दिनमै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा भर्ना गरिएको डा.केसी अझैपनि आमरण अनशनमै रहेका छन् ।

औषधी समेत लिन नमारिहेका डा.केसीलाई सलाइन पानी मात्रै दिइएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

आज प्रधानमन्त्री केपी ओलीले उनीसँग टेलिफोन वार्ता गर्न खोज्दा उनी बोल्न सकेका थिएनन् । प्रधानमन्त्री कार्यालयबाट फोन गएको भएपनि डा.केसीको खराव स्वास्थ्यवस्थाका कारण उनी बोल्न नसकेको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

डा. केसीलाई पिसावमा इन्फेक्सन तथा छातीमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । अनशनरत केसीलाई भेट्न कालीकोटका जनप्रतिनिधिको टोली जुम्ला पुगेका थिए । तिलागुफा नगरपालिका–५ का वडाध्यक्ष टीकाराम न्यौपानेले डा.केसीलाई भेटी उनको स्वास्थ्य अवस्था बुझेर उनको मागप्रति ऐक्यवद्धता जनाएका थिए ।

The post डा. केसीको अवस्था जटिल बन्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles