Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

डा. केसीले स्लाइनपानी भन्दा अन्य उपचार गर्न मानेनन्

$
0
0

काठमाडौं, २१ असार । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि ६ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई हिजो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरियो । उनको अवस्था नविग्रियोस भन्नका लागि केही चिकित्सकहरुले उपचाकार लागि काठमाडौं लैजानुपर्ने भनिरहेका बेला यता स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पनि डा. केसीको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएका छन् ।

मन्त्री यादवकै निर्देशनमा काठमाडौंबाट एक टोलि डा.केसीको उपचारका लागि जुम्ला पठाइयो । तर केसीले भने सरकारले पठाएको उक्त टोलीसँग उपचार गर्न मानेनन् र सो टोलीलाई फर्काउन आग्रह गरेका छन् ।

छातीमा दुखाई भई अचेत बनेपछि हिजो साँझ आईसीयुमा भर्ना गरिएको डा. केसीको स्वास्थ्यवस्था अझै स्थिर रहेको उपचारमा संलग्न त्यहाँका चिकित्सकहरुले जानकारी दिएका छन् । डा.केसीले आफ्नो शरीरमा स्लाइनपानी बाहेक कुनै औषधि प्रयोग गर्न दिएका छैनन् ।

डा केसीको जीवन रक्षाको माग गर्दै गत मंगलबारदेखि कर्णाली प्रदेशका आकस्मिक बाहेक सबै स्वास्थ्य संस्था ठप्प पारेका चिकित्सक आजबाट काममा फर्किएका छन् ।

The post डा. केसीले स्लाइनपानी भन्दा अन्य उपचार गर्न मानेनन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images