Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

तौल घटाउन जमेर नुहाउनुहोस् चिसो पानीमा, यी हुन् अन्य फाइदाहरु

$
0
0

fitness_by_bathing
हामी चाहन्छौं, हाम्रो शरीर चुस्त दुरुस्त होस् । शरीरबाट अनावश्यक बोसो हटाउन हामीले किसिम किसिमका तरिका अपनाउँछौं, हामी हरसमय दौडधुपमा हुन्छौं । कोही जिम जान्छौं, कोही डाइटिंग गर्दछौं ।
तर के तपाईंलाई थाहा छ, चिसो पानीले नुहाएर पनि तपाईं आफ्नो शरीरको तौल घटाउन सक्नुहुन्छ !

हजुर, एक ताजा अनुसन्धानको नतिजाका अनुसार चिसो पानीमा नुहाउनाले शरीरको तौल कम हुन्छ । अनुसन्धानका अनुसार, हाम्रो शरीरमा दुई किसिमका बोसो पाइन्छ, एउटा सेतो र अर्को खैरो । जब शरीरमा आवश्यकताभन्दा बढी क्यालोरी जम्मा हुन्छ, त्यो सेतो बोसोमा रुपान्तरित हुन्छ र हाम्रो शरीरमा जम्मा हुन्छ ।

बाँकी रहेको खैरो बोसोले शरीरमा तातोपन दिन्छ । यसकारण जब हामी चिसो पानीले नुहाउँछौं, तब खैरो बोसो उक्त समय सक्रिय हुन्छ र यसबाट शरीरको अतिरिक्त बोसो खपत हुन्छ ।

यसको साथै चिसो पानीले नुहाउँदा शरीरको प्रतिरक्षा शक्ति पनि चुस्त दुरुस्त हुने अनुसन्धानको नतिजाले पुष्टि गरेको छ ।

चिसो पानीले नुहाउनाले शरीरकोसञ्चार प्रणाली पनि मजबुत हुन्छ । यसकारण अबबाट चिसो पानीको सट्टा तातो पानीले नुहाउने कि ?

fitness_circulation_body

The post तौल घटाउन जमेर नुहाउनुहोस् चिसो पानीमा, यी हुन् अन्य फाइदाहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images