Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

विवाहित महिलासँग अनैतिक यौनसम्पर्क गरेको रंगेहात भेटेपछि वडाअध्यक्षले नै गराएदिए बहुविवाह

$
0
0

फाइल फाेटाे

प्यूठान, २० असार । प्यूठानमा एक अचम्मको घटना बाहिर आएको छ । एक वडा अध्यक्षले आफ्नै रोहवरमा बहुविवाह गराईदिएको खुलेको छ ।

कुरा प्यूठानको उत्तरपूर्वी झिम्रुक गाउँपालिका–२ का नरेश गिरी र सोही ठाउँकी एक महिलाबीच भएको अनैतिक यौन सम्बन्धको हो ।

झिम्रुक गाउँपालिका–२ का रुपलाल खत्रीकी श्रीमती र सोही गाउँका नरेश गिरीबीच विगत चार महिनादेखि अनैतिक यौन सम्बन्ध हुँदै आएको खुलेपछि वडाध्यक्षले बहुविवाह गराईदिएका हुन् । यहि असार १० गते राति साँढे १० बजे महिलाको कोठामै नरेश रंगेहात पकाउ परेपछि उक्त घटना बाहिरिएको थियो ।

घटनाको खाश कुरो यस्तो छ

२०७३ चैतमा रुपलाल खत्री वैदेशिक रोजगारका शिलशिलामा कतार गएका थिए । श्रीमान् कतार गएको मौका छोपी गिरी र खत्रीकी श्रीमतीबीच विगत चार महिनादेखि लुकीछिपी याैनसम्बन्ध हुँदै आएको थियो । तर घटनाले असार १० गते नौलो मोड लियो । असार १० गते राति करिब साँढे १० बजेको समयमा रुपलालका बुवा देवबहादुर खत्री एक्कासी बिरामी भए । बिरामी देवबहादुरलाई अस्पताल लैजाने हतासमा उनकी आमा रेश्मादेवी खत्रीले दौडिएर बुहारी सुतेको कोठामा पुगेर बोलाइन् । तर बुहारी बेलिनन् । आमाको मनमा झन् चिसो पस्यो ।

धेरै पटक बोलाउँदा पनि बुहारी नबोलेपछि उनले ढोका बेस्सरी ढक्ढकाइन् । त्यतिबेला उनकी बुहारी र एक पुरुषले ढोका खोलेर उनलाई हुत्याई दिए । रेश्मा भुईमा लड्नपुगिन् र चिच्याउन थालिन् । त्यसपछि सँगै घर भएका छिमेकी रुपलालका जेठा बुवाका छोरा तुलसीराम खत्री त्यहाँ आइपुगे ।

त्यसपछि बुहारी सुतेको कोठा खोल्न आग्रह गरे । तर ढोका खोल्न नमानेपछि ढोका फोडेर भित्र हेर्दा बुहारी अर्धनग्न र नरेश गिरी पलङ्गमुनि लुकी रहेको अवस्थामा फेला परेका थिए । आपतिजनक अवस्थामा बुहारीलाई भेटेपछि उनीहरुले भोलिपल्ट गाउँलेहरुलाई बोलाएर छलफल गर्ने निर्णय गरे ।

असार ११ गते बिहान झिम्रुक गाउँपालिका–२ का वडा अध्यक्ष बलबहादुर महतारा र वडा सदस्य रुमलाल गिरीको रोहबरमा गाउँमा बैठक बस्यो । बैठकमा आपतीजनक अवस्थामा भेटिएका नरेश गिरी र ती महिलालाई पनि झिकाइयो ।

सम्पूर्ण गाउँलेहरुको भेलाले अनैतिक सम्बन्ध राख्ने दुबै जनालाई श्रीमान्—श्रीमति भएर बस्ने निर्णय गरायो । साथै ती महिलाले लगाएको गरगहना र नगद ४० हजार पीडित रुपलालका बुवा देबबहादुर खत्रीलाई फिर्ता दिने सहमति पनि गर्‍याे । सोहि दिनमै वडा अध्यक्ष महतारा र वडा सदस्य गिरीको रोहबरमा सोही बमोजिमको कागज समेत गर्‍याे ।

त्यसपछि ती दुवैलाई श्रीमान्—श्रीमतीका रुपमा नरेशको घरमा पनि भित्र्याउने काम पनि गर्‍याे ।

तर विवाहित नरेश र उनको एक छोरा र छोरीको बारेमा कसैले केहि बोलेन । अनि नरेशका परिवारले ती महिलालाई स्वीकार नगरेपछि केहिदिन बाहिर बसेर ती महिलालाई माइतीको जिम्मा लगाईएको छ । अहिले ती महिला अलपत्र अवस्थामा माइतीको शरणमा रहेको बताईएको छ ।

The post विवाहित महिलासँग अनैतिक यौनसम्पर्क गरेको रंगेहात भेटेपछि वडाअध्यक्षले नै गराएदिए बहुविवाह appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles