Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

‘स्क्रब टाइफस’ बारे सचेतना सुरु

$
0
0

thypusरत्ननगर चितवन, २९ साउन । चितवनमा यो वर्ष आधिकारिक रुपमा पुष्टि भएको रोग ‘स्क्रब टाइफस’बाट मानवीय जोखिम कम गर्न सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले स्वास्थ्यकर्मी, सर्वसाधारण, सञ्चारमाध्याम तथा चिकित्सकमा सचेतना कार्यक्रम सुरु गरेको हो । रोगको पहिचान भए उपचार पनि सहज हुने तर पहिचान नहुँदा जोखिम हुनसक्ने भन्दै रोगको लक्षण र सावधानीका उपायका बारेमा सचेतना सुरु गरिएको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसुदन कोइरालाले जानकारी दिए।

‘विभिन्न सञ्चारमाध्यामबाट सार्वजनिक सूचना जारी गरेका छौँ, लक्षण देखिए अस्पताल पठाउन सम्बन्धित स्वास्थ्य संस्थालाई निर्देशन समेत दिएका छौँ,’ कोइरालाले भने, ‘सर्वसाधारणमा समेत सचेत रहन सूचना जारी गरिएको छ ।’

मुख्यगरी एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो जुम्रा जस्तै तर सुक्ष्म हुन्छ । मुसाको कानमा बस्ने अथवा यस्तै जीवजन्तुमा बस्छ । त्यसबाट घाँसपातमा झरेको बेलामा मानिस बस्दा यो किर्ना सर्ने र त्यसले टोकेमा रोग लाग्छ ।

यो रोग लागेमा टाउको दुख्ने, १०४ डिग्री जति ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिनेलगायतका लक्षण देखिने जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसी बताउछन् । यो रोग ब्याक्टेरिया रिकेटसिया ले लगाउने गर्छ । झाडी वरिपरि, कृषि काम गर्ने, जताततै बस्ने, चौर झारमा बस्नेमा सर्ने सम्भावना बढी हुन्छ ।

गत वर्ष आधिकारिक रुपमा नेपालमा यो सङ्क्रमण पत्ता लागेको थियो । चितवनमा वैशाखयता सबैभन्दा बढी ५३ जनामा रोग सङ्क्रमण भएको पाइएको छ । चितवन मेडिकल कलेजले मात्रै यहाँ रोगको परीक्षण गर्दै आएको छ । गएको वर्ष भदौ १३ गते नेपालमा रोग भित्रिएको सरकारी तहबाट प्रमाणित भएको थियो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले रोगका विषयमा देशैभरि सर्कुलर गरेर सावधानी अपनाउन भनिएको बताए । रासस

The post ‘स्क्रब टाइफस’ बारे सचेतना सुरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles