Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई सेनेटरी प्याड दिइने

$
0
0

तुलसीपुर,२८ जेठ । तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई लक्षित गरेर असार १ गतेबाट स्यानेटरी प्याड वितरण गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयमा अध्ययनर किशोरीहरुलाई लक्षित गरेर यस्तो निर्णय गरेको हो ।

सेनेटरी प्याड नहुँदा महिनावारीको समयमा किशोरीहरु विद्यालय नआउने समस्यालाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको हो । ‘यसले किशोरीहरुलाई शिक्षा र स्वास्थ्य दुवैमा सकारात्मक प्रभाव पार्नेछ, ’ नगरप्रमुख घनश्याम पाण्डेले वताए ।

उपमहानगरपालिकाका सबै सामुदायिक विद्यालयमा लागु हुने यो कार्यक्रमको व्यवस्थापन वडा कार्यालय र समन्वय स्वास्थ्य शाखाले गर्नेछन् । पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको विद्यालय निरिक्षण गर्दा किशोरीहरुको उपस्थिति निकै कम देखिएको थियो । उपमहानगरपालिकाको कार्यपालिका बैठकले यही कुरालाई मध्यनजर गरेर यस्तो कार्यक्रम ल्याएको बताएकाे छ ।

The post सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई सेनेटरी प्याड दिइने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles