Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

निपाह भाइरसबाट बच्न सेवन नगर्नुस् यस्ता फल

$
0
0

एजेन्सी, १४ जेठ । भारतको केरेला राज्यमा निपाह भाइरसका कारणले धेरैको मृत्यु भएको खबरहरु आएका छन् । विश्व स्वाथ्य संगठनको अनुसार संक्रमित फ्रुट चमेरिको माध्यमबाट यो मानिसमा सर्दछ ।

यो भाइरस चमेराले सेवन गरेका फलहरु मानिसले सेवन गरेमा सर्दछ । त्यस्ता केही फलहरु छन् जसलाई सेवन गर्दा सावधानी अप्नाउनु पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

विशेषज्ञहरुको अनुसार केरा, आँप र खजुरको माध्यमबाट यो भाइरस चाडोँ  फैलिन्छ ।

यदि त्यस्ता फलहरु भारतबाट आयातीत छन् भने त्यसलाई सेवन गर्दा अझ खतरा हुन्छ ।

निपाह भाइरसबाट बच्नका लागि धेरै सावधानी अपनाउन आवश्यक छ । यसका लागि फलहरु सेवन गर्दा सधै सफा पानीले राम्ररी धोएर सेवन गर्नुपर्छ ।

पंक्षीहरुको जुठो वा जमिनमा झरेको फल सेवन गर्नु हुँदैन । सुँगुर र चमेराबाट टाढा रहनुपर्छ ।

ताडीजस्ता नशायुक्त पदार्थ सेवनबाट टाढा रहनुपर्छ ।

यदि स्वास लिनु समस्या छ र टाउकोमा पोल्ने या दुख्ने समस्या देखिएमा चाढै चिकित्सकलाई देखाउनुपर्छ ।

 

The post निपाह भाइरसबाट बच्न सेवन नगर्नुस् यस्ता फल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles