Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने

$
0
0

काठमाडौँ, १५ जेठ । चिकित्सकीय क्षेत्रका अनुसन्धानमा हुने बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने भएका छन् ।

हाडजोर्नीसम्बन्धी चिकित्सकको छाता संगठन एओ अलायन्स फाउण्डेशनले काठमाडौँमा हालै आयोजना गरेको दुई दिने प्रशिक्षणमा चिकित्सकले वर्षौं मेहनत गरी गरेका अनुसन्धानको चोरी हुने क्रम बढिरहेकाले यस्ता कार्य रोक्ने विषयमा छलफल भएको थियो ।

बौद्धिक चोरीको विषयमा दण्डीत हुनेदेखि सम्बन्धित व्यक्तिलाई कलोसूचीमा राख्न सकिने कानूनी व्यवस्था भए पनि कार्यान्वयन फितलो भएका कारण अनुसन्धानमा हुने बौद्धिक चोरी रोक्ने विषयमा चिकित्सकले हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता गरेका हुन् ।

कार्यक्रम संयोजक डा रमेशप्रसाद सिंहले चिकित्सकले विभिन्न विषयमा वर्षौं लगाएर गरेको अनुसन्धानलाई कपि पेष्ट (जस्ताको तस्तै सार्ने) चोरी गरी अरुले तथ्यांक राख्ने क्रम बढेकाले यसको अन्त्यका लागि एकबद्ध भएर लाग्नुपर्ने बताए ।

उनले भने, “चिकित्सा क्षेत्रमा हुने अनुसन्धानमा बौद्धिक चोरी धेरै हुने गरेको छ, अरुले दुःख गर्ने तर, केही व्यक्ति यस्ता छन्, जसले अरुले गरेको अनुसन्धानलाई चोरेर आफू प्रतिवेदन पेस गर्दै आएका छन्, यो दुःखद कुरा हो ।”

जेठ ११—१२ गते भएको प्रशिक्षणमा चिकित्सकले अनुसन्धानका क्षेत्रमा के कस्तो आचारसंहिता अपनाउनु पर्छ भन्ने र अनुसन्धानको डाटा चोरेर सम्बन्धित ठाउँमा बुझाउने गरेका कारण अनुसन्धानमा उठ्ने प्रश्नका विषयमा छलफल भएको थियो ।

बौद्धिक चोरीलाई रोकेर नयाँ सिर्जनात्मक अनुसन्धानमा चिकित्सक लाग्न प्रेरित गर्ने उद्देश्य राखिएको प्रशिक्षणमा प्रशिक्षण दिन भारतबाट दुई, स्वीजरल्याण्डबाट एक र पाकिस्तानबाट एक गरी चारजना विज्ञको टोली नेपाल आएको थियो ।

The post बौद्धिक चोरी रोक्न चिकित्सक एकजुट हुने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles