Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मोटोपन यसरी पनि घटाउन सकिन्छ

$
0
0

काठमाडौँ, ६ जेठ ।  अपच र कन्स्टिपेसनको समस्या भएकालाई पेट बढ्ने समस्या हुन्छ । काँक्रो पानी र फाइबरको राम्रो स्रोत भएकाले यो खानाले अपच र कन्स्टिपेसनको समस्या हराएर जान्छ ।

अल्सर भएको छ भने पेटमा ग्यास उत्पन्न भई पेट बाहिर निस्किन थाल्छ । यस्तोमा काँक्रो खानाले पेटको जलन कम हुनुका साथै अल्सरको असर पनि कम हुन्छ ।

पेट र शरीरको वजन बढ्नुमा चिल्लो खाना जिम्मेवार हुन्छ । प्रायः सबै खानामा चिल्लो पदार्थ हुन्छ । तर, काँक्रोमा फ्याट हुँदैन र क्यालोरी न्यून हुन्छ । त्यही भएर पेट ठूलो भएकाहरूले भोक लागेको बेला काँक्रो खाने गरेमा लाभ मिल्छ ।

काँक्रो खानाले कोलेस्ट्रोल कम हुन्छ । साथै, काँक्रोमा पाइने इथानोल नामक पदार्थले रगतमा ग्लुकोजको मात्रा कम गर्छ ।

The post मोटोपन यसरी पनि घटाउन सकिन्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles