Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यी लक्षणहरु देखिएका छन् ? तपाईलाई थाइराइड भएको हुनसक्छ

$
0
0

अत्याधुनिक, व्यस्त तथा बद्लिंदो जीवनशैलीका कारण आजभोलि थाइराइड सामान्य बिमारी बनेको छ । पुरुषहरुको तुलनामा यो रोगबाट महिलाहरु बढी पीडित हुन्छन् । गर्भवस्थामा महिलामा थाइराइडको समस्या देखा परे बच्चा मन्दबुद्धिको हुन्छ । कतिपय सवालमा थाइराइडको कारणले महिलाहरु आमा बन्न सक्दैनन् । पुरुषमा पनि यो बिमारीले शुक्रकिटको उत्पादनमा कमि गराइ बाँझोपन ल्याउँछ ।

मानिसहरुमा थाइराइडको कारणले मोटोपना हुने भ्रम छ तर वास्तवमा मोटोपनको कारणले थाइराइड हुन्छ ।

यदि तपाई रातभरी सुतेर पनि दिनभरी थकान महसुस गर्नुहुन्छ भने त्यसलाई सामान्य रुपमा नलिनुहोस् त्यो थाइराइडको लक्षण हो । बिनाकारण दुःखी र तनावमा रहनु, अत्याधिक भोक लाग्नु, चाँढै भुल्नु, यौन इच्छामा कमि हुनु, छाला सुख्खा हुनु, खाना पचाउन गाह्रो हुनु, महिनावारीको समयमा अत्याधिक पीडा तथा रक्तश्राव हुनु, मांसपेशीमा पीडा हुनु, शरीरको रक्तचाप बढ्नु, सही समयमा निद्रा नआउनु, अचानक तौल बढ्नु, कपाल पातलो हुने र चुडिने जस्ता लक्षण थाइराइड भएका मानिसहरुमा देखा पर्छ ।

थाइराइड हुनुको एक कारण भनेको वंशाणु हो । अत्यधिक तौल, तनाव र औषधी सेवन गर्नाले पनि थाइराइड हुन्छ । थाइराइड पत्तो लगाउनका लागि थाइराइड फङ्सन परिक्षण गर्नुपर्छ ।

थाइराइडको समस्याबाट बच्नका लागि औसतभन्दा अतिरिक्त तौल बढ्न दिनु हुँदैन । गर्भवस्थामा थाइराइडको परीक्षण गर्नुपर्छ । यदि तपाई बच्चाको लागि तयारी गर्दै हुनुहुन्छ भने सम्बन्ध बनाउनु अघि थाइराइडको परीक्षण गराउनुहोस् ।

अदुवामा पाइने पोटासियम र म्याग्नेसियमले थाइराइडको समस्याबाट छुटकारा दिलाउँछ । त्यसको एन्टी इफलेमेटरी गुणले थाइराइड बढ्न रोक्छ । दुध धेरै पिउनु थाइराइड बिमारीहरुको लागि फाइदाजनक हुन्छ । गहुँ र ज्वार पनि थाइराइडको आयुर्वेदिक उपचारका लागि एकदमै फाइदाजनक हुन्छ ।

The post यी लक्षणहरु देखिएका छन् ? तपाईलाई थाइराइड भएको हुनसक्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles