Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

टुसा उम्रिएको चना सेवन गर्दा फाइदै फाइदा

$
0
0

कालो चना स्वास्थ्यको दृष्टिले एकदमै फाइदाजनक हुन्छ । यो फाइबर, क्याल्सियम, प्रोटिन, भिटामिन र मिनिरलको राम्रो स्रोत हो ।

यसलाई विभिन्न तरिकाले खान सकिन्छ । कसैले यसलाई भुटेर त कसैले तरकारीको रुपमा पकाएर खान्छन् भने कसैले भिजाएर टुसा उमारेर काँचो खान्छन् । यी मध्ये टुसा उमारेर यसको सेवन गर्नु सबैभन्दा उत्कृष्ट हुन्छ । केही दिनसम्म यसरी प्रयोग गर्नाले धेरै स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ ।

तर चना भिजाउँदा सँधै टुसा उम्रिन सक्दैन । यसका लागि २५ देखि ५० ग्राम चनालाई सिसाको भाडामा पानी राखेर २४ घण्टासम्म भिजाउनुहोस् । त्यसमा टुसा उम्रिन शुरु हुन्छ । बिहान उठेर यसलाई खाली पेटमा खानुहोस् ।

यसमा आइरन र फरसफोरस पाइन्छ जसले हेमोग्लोबिनको मात्रालाई बढाउँछ । यसलाई दैनिक सेवन गर्नाले रगतको कमी र शरीरको कमजोरी मेटिन्छ ।

थकान र सुस्तपनबाट छुटकारा पाउनका लागि पनि टुसा उम्रिएको चना लाभदायक हुन्छ ।

यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै अतिरिक्त ग्लूकोज उत्पादन पनि कम गर्छ । यसले मधुमेहका बिमारीहरुलाई धेरै फाइदा गर्छ ।

फाइबरयुक्त हुने भएकोले यसले कब्जियतको समस्या पनि नियन्त्रण गर्छ । यी चनाको साथमा तातो दूध सेवन गर्नु एकदमै राम्रो हुन्छ ।

यसमा क्याल्सियम प्रशस्त पाइने हुँदा यसले शारीरिक दुखाई पनि कम गर्छ । यसले हड्डीलाई पनि मजबूत पार्छ ।

कलेजो र पोलियोको समस्या भएकाहरुले पनि यसको सेवन गर्दा बिमार निको हुनसक्छ ।

 

The post टुसा उम्रिएको चना सेवन गर्दा फाइदै फाइदा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles